चन्द्रग्रहणः कुन राशिका लागि कस्तो असर ? | Khabarhub Khabarhub

चन्द्रग्रहणः कुन राशिका लागि कस्तो असर ?


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

२०७६ असार शुक्ल पूर्णिमा तिथी असार ३१ गते मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । सो चन्द्रग्रहण नेपाली आकासबाट प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।

मंगलबार दिउँसो ४ बजेर ४६ मिनेटदेखि नै चन्द्रग्रहणको सुतक लागेकाले बाल, बृद्ध, बिरामीहरुबाहेकले त्यसपछि मोक्ष नहुञ्जेल भोजन गर्नु अशुभ मानिनेछ । चन्द्र ग्रहणको स्पर्श रातको १ बजेर ४६ मिनेटमा शुरु हुनेछ भने मध्य ३ बजेर १५ मिनेट जाँदा हुनेछ । त्यसैगरी चन्द्रग्रहणको मोक्ष रातको ४ः४५ बजे हुनेछ । चन्द्रग्रहण झण्डै तीन घण्टा रहनेछ ।

चन्द्रग्रहणले राशि अनुसार प्रभाव पार्ने हुँदा कुनै राशिहरुका लागि निकै अशुभ मानिन्छ । यो चन्द्रग्रहण मेष राशि भएकाहरुका लागि शुभ देखिँदैन । माननाशको योग रहेको छ । त्यसैगरी वृष राशिका मानिसले पनि चन्द्रग्रहण अवलोकन गर्दा अशुभ हुने देखिन्छ ।

वृष राशि भएकाहरका लागि कष्टको योग छ । त्यसैगरी मिथुन राशिका मानिसले चन्द्रग्रहणको अवलोकन गर्दा स्त्रीपीडाको फल देखिन्छ । सिंह राशिका लागि पनि चिन्ता, कन्या राशिका लागि व्यथा, वृश्चिक राशिका लागि क्षति, धनु राशिका लागि घात, मकर राशिका लागि व्यय हुनेछ ।

कर्कट, तुला, कुम्भ र मीन यी चार राशिका लागि भने यो चन्द्रग्रण निकै शुभ रहने छ । ककर्ट राशिका मानिसले चन्द्रग्रहणको अवलोकन गर्दा सुख प्राप्तिको योग देखिन्छ भने तुला राशिका लागि पनि श्रीप्राप्तिको योग रहेको छ । त्यसैगरी, कुम्भ राशिका लागि लाभ प्राप्ति हुनेछ भने मीन राशिका लागि शुख प्राप्तिको फल मिल्ने छ ।

यो चन्द्रग्रहण धनु र मकर राशिका लागि भने निकै अशुभ रहने ज्योतिषचार्याहरु बताउँछन् । उनीहरुका लागि अतिकष्टको योग रहेको छ । त्यसैले यी राशि भएका मानिसहरुले चन्द्रग्रहणको अवलोकन गर्नु अशुभ हुनेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ६ : २४ बजे

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

एजेनसी– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार

बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी

जनकपुर– धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला  

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय