दक्षिणी सीमामा पर्खाल निर्माणका लागि ट्रम्पद्वारा राष्ट्रिय संकटको घोषणा « Khabarhub

दक्षिणी सीमामा पर्खाल निर्माणका लागि ट्रम्पद्वारा राष्ट्रिय संकटको घोषणा


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्नका लागि राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको रोज गार्डेनमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् । सन् १९७५ मा जारी भएको ‘राष्ट्रिय संकट अधिनियम’ अनुसार संकटकालको घोषणा गरिएको जनाए ।

यसअनुसार संकटकालको घोषणा गरेपछि राष्ट्रपतिले संकटकालीन शक्तिको प्रयोग गर्दै कङ्ग्रेसलाई छलेर आफ्ना योजना लागू गर्न पाउने व्यवस्था छ ।

ट्रम्पले यसअघिका राष्ट्रपतिहरुले पनि विभिन्न समयमा आफ्ना योजना लागू गर्न संकटकालको घोषणा गरेको जनाउँदै मेक्सिकोसँगको सीमामा पर्खाल लगाइछाड्ने दृढता व्यक्त गरे ।

कङ्ग्रेसले आफ्नो योजनाअनुरुप पर्खाल लगाउन पर्याप्त खर्च नदिएको भन्दै उनले मेक्सिकोसँगको सीमामा छिटो गरी पर्खाल लगाउन संकटकालको घोषणा गर्नुपरेको बताए ।

मेक्सिकोबाट लागूऔषध तस्कर, हत्यारा, अपराधी, अवैधानिक आप्रवासीहरु अमेरिकातर्फ आइरहेको र त्यसलाई नियन्त्रण गर्न अमेरिकाको दक्षिणी सीमामा पर्खाल अनिवार्य रहेको ट्रम्पको भनाइ छ ।

यता ट्रम्पले संकटकाल घोषणा गरेपछि डेमोक्रेटिक पार्टी तथा ट्रम्पको आफ्नै रिपब्लिकन पार्टीभित्र समेत आलोचना भएको छ । डेमोक्रेटिक पार्टीका नेताहरु न्यान्सी पेलोसी, चक सुमेर लगायतले ट्रम्पले घोषणा गरेको संकटकालको तीब्र आलोचना गरेका छन् । त्यस्तै रिपब्लिकन पार्टीका केही नेताहरुले पनि ट्रम्पले घोषणाको आलोचना गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै डेमोक्र्यटहरुले ट्रम्पको घोषणा विरुद्ध कानूनी उपचारको बाटोमा पनि जानसक्ने चेतावनी दिएका छन् । तर, कानूनी लडाईंका लागि पनि ट्रम्प प्रशासन तयार रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १२ : १६ बजे

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ