भ्रष्टाचार रोक्ने निकायमै भ्रष्टाचारी! « Khabarhub

भ्रष्टाचार रोक्ने निकायमै भ्रष्टाचारी!


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचार नियन्त्रण, नियमन र दोषीमाथि कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै शंकाको घेरामा पर्न थालेको छ ।

आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरण सार्वजनिक भएसँगै अख्तियारको कामकारबाहीमाथिको विश्वसनीयतामा प्रश्न उठेको छ ।

मुद्दा मिलाउने नाममा आयुक्त पाठकसहितका कर्मचारीले नै बार्गेनिङ गरेर ‘सेटिङ गर्ने’ र व्यक्तिगत दुस्मनीका कारण मुद्दा लगाएर बदनाम गराउनेसम्मका काम अख्तियारबाट हुने गरेको यसले पुष्टि गरेको खबरलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।

त्यस्तै मोबाइलले खोल्यो सुनको पोल शीर्षकमा लेखिएको समाचारमा भारतबाट ल्याएको साढे २३ किलो सुन बरामदको मुख्य हतियार मोवाइल भएको छ । मोबाइलमा भएको सम्वादका आधारमा उक्त सुन बरामद गरिएको नागरिकमा उल्लेख छ ।

अपरिपक्व कूटनीति शीर्षकको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षको कामलाई समीक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दा सरकारको काम देखेर विश्व चकित भएको बताउने गरे पनि एक वर्षको अवधिमा गरेका कूटनीतिक अभ्यासबाट आश्चर्यचकित हुनुपर्ने कुनै कारण नरहेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ७ : ०२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित