राप्रपाले जनसंर्घष र स्वभिमान अभियानलाई प्रभावकारी बनाउने « Khabarhub

राप्रपाले जनसंर्घष र स्वभिमान अभियानलाई प्रभावकारी बनाउने


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गर्न लागेको जनसंर्घष र स्वभिमान यात्रालाई प्रभावकारी बनाउन छलफल थालेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीको अभियानका विषयमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको माग पत्रका विषयमा छलफल भइरहेको बैठकमा सहभागी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा फागुन ७ गतेदेखि सुरु हुने जनसंर्घष र फागुन १५ गतेबाट सुरु हुने स्वभिमान यात्रा र त्यसको व्यवस्थापनका विषयमा बैठकमा छलफल भइरहेको श्रेष्ठले बताए ।

स्वभिमान अभियान अन्तर्गत संकलित सुझाव काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, प्रदेशमा प्रदेशका मुख्यमन्त्रीलाई र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाउने तयारी रहेको पनि श्रेष्ठले बताए ।

साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको १ वर्षे अवधिको समीक्षालगायतका विषयमा पनि छलफल हुने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १० : ४३ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३