जाजरकोटमा बढ्दै मुटुरोगीको संख्या, चौबीस जनालाई गङ्गालालमा रिफर « Khabarhub

जाजरकोटमा बढ्दै मुटुरोगीको संख्या, चौबीस जनालाई गङ्गालालमा रिफर


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्यधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ४२ जनामा मुटुको समस्या देखिएकोे बताए ।

सोे शिविरमा ८४२ जनाले मुटुको परीक्षण गराएका थिए भने ३ सय १० जनाले इको र ४५० जनाले इसिजी गराएका थिए । तीमध्ये एक सय जनामा मुटुसम्बन्धी कुनै न कुनै प्रकारको समस्या देखिएको थियो । भरपर्दो स्वास्थ्य सेवाको अभावमा जिल्लाका दुर्गम गाउँवासीले साधारण औषधि पनि पाइरहेका छैनन् ।

“एकैपटक यति धेरै बिरामी उपचारका लागि सिफारिश गरिएको यो नै पहिलो पटक हो”, डा. मल्लले भने, “परीक्षणको अवस्था हेर्दा जाजरकोटका धेरै मानिसमा मुटुसम्बन्धी रोगको ठूलो समस्या रहेकोे छ ।”

जिल्ला अस्पतालले सिफारिश गरेका बिरामीहरूको निःशुल्क उपचार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा गरिनेछ भने बिरामी र एकजना कुरुवालाई आउने जाने खर्चको व्यवस्था समेत मिलाइएको छ । सो खर्च जयन्ती स्मृति ट्रष्ट सम्मान फाउण्डेसनले ब्यहोर्ने जनाइएको छ ।

मुटुसम्बन्धी जटिल समस्या देखिएका २४ जनालाई थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको हो । चार जनाको भल्भ फेर्नुपर्ने, चारजनामा मुटुको बाथरोग, मुटुमा प्वाल परेका (युएसडी र एएसडी गरी) दस जना, पेसमेकर राखिएका एकजना, टीएमटी एक जना, एन्जियोग्राम दुई जना, पत्ता नलागेर थप परीक्षण गर्नुपर्ने दुई जना गरी २४ जनालाई सिफारिश गरिएको डा मल्लले जानकारी दिए ।

जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलका अनुसार उपचारमा पहुँच नभएका बिरामीका लागि शिविर निकै लाभदायी रहेको छ । जिल्ला सदरमुकाम आउन तीन दिन भन्दा बढी लाग्ने दुर्गमका स्थानीयवासीका लागि यो एक महत्वपूर्ण अवसर बन्न पुगेको थियो ।

आर्थिक अवस्था कमजोर भएका विरामीहरू उपचारका लागि जिल्ला बाहिर जान नसकी रोग बल्झिने र धेरैको ज्यान जाने गरेको अनुमान छ । तीमध्ये धेरै जना सडकको पहुँच र पोषिलो खानाको अभावसँगै धुवाँधुलोमा काम गर्छन् । सल्लाको दियालो बालेर दैनिक काम गर्ने र परम्परागत चुलोको प्रयोगले गर्दा मुटुमा समस्या देखिएको बताइन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १ : ४२ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित