अमेरिका र चीनको व्यापार विवाद समाधानतर्फ « Khabarhub

अमेरिका र चीनको व्यापार विवाद समाधानतर्फ


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– चीनमा भएको पछिल्लो चरणको वार्ता सकिएसँगै अमेरिका र चीनबीचको व्यापार विवाद समाधान हुने देखिएको छ ।

व्यापार विज्ञहरूले अमेरिका र चीनबीचको पछिल्लो वार्ता दुई देशबीच व्यापार सम्झौता गर्न प्रेरित देखिएको प्रतिक्रिया दिएका छन् ।

वासिङ्टनस्थित ‘इन्स्टिच्युट फर चाइना–अमेरिका स्टडिज’ का विश्लेषक सौरभ गुप्ताले अमेरिका र चीनबीच व्यापार सम्झौता हुने विश्वाष व्यक्त गरे । ‘यो प्रष्ट भएको छ कि दुई पक्षबीच विस्तारै तर विधिसम्मत तरिकाले प्रगति भएको र मुलभुत एवम् सहायक बिषयहरूमा यस हप्ता पुनः वासिङ्टनमा वार्ता हुने प्रसङ्गले दुवै मुलुक व्यापार सम्झौताप्रति प्रतिवद्ध देखिएका छन,’ गुप्ता भन्छन् ।

‘चीनमा भएको वार्तापछि लगत्तै आगामी हप्ता अमेरिकामा छलफल गर्ने सहमति गर्नु वार्ताकारको विवादलाई छिट्टै टुङ्गोमा पु¥याउने इमान्दार प्रयत्न हो र यसबाट दुबैपक्ष छलफलप्रति सकारात्मक बनेको बुझ्न सकिन्छ,’ चिनियाँ समाचार संस्था सिन्ह्वालाई गुप्ताले भनेका छन् ।

‘चीन र अमेरिका व्यापार विवादका कारण सन् २०१८ मा दुबैले अर्काको सामान आयातमा गरेको करवृद्धिबाट आर्थिक पीडामा परेको अनुभुति गरेका छन्,’ बैंक अफ अमेरिका मेरिल लिन्चका विश्व अर्थतन्त्र अनुसन्धान कार्यक्रमका प्रमुख इथान ह्यारिसले भने ।

‘दुबै पक्ष अझै वार्तामा सम्लग्न छन् तर यसले विशेष चर्चा नपाउनुमा अमेरिकामा केही सञ्चारमाध्यमले वार्तालाई छायाँमा पार्ने प्रयत्न गरेका कारण वार्तामा देखिएका सकारात्मक बिषयहरू चर्चामा आउन नसकेका हुनसक्छन्,’ विश्लेषक गुप्ता भन्छन्, ‘व्यापार वार्ताबारे मेरो दृष्टिकोण के छ भने अहिले तिनीहरू छिद्रान्वेशी अवस्थामा छन् । हामीले तिनीहरूलाई सम्भावित गल्ती हुनबाट बचाउन विभिन्न अवस्थामा सुक्ष्म अध्ययन गर्नुपर्छ । सम्भवतः मार्चको अन्तिमसम्म सम्झौता हुन्छ ।’

चीन तथा अमेरिकाबीच यस हप्ताको बिहीबार र शुक्रबार छैठौँ चरणको उच्च स्तरीय आर्थिक तथा व्यापार परामर्श बैठक सम्पन्न भएको छ । चीन र अमेरिका दुबैले अर्को हप्ता वासिङ्टनमा भेट्ने सहमति भएको बताइसकेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ७ : १० बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको