अमेरिका र चीनको व्यापार विवाद समाधानतर्फ « Khabarhub

अमेरिका र चीनको व्यापार विवाद समाधानतर्फ


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– चीनमा भएको पछिल्लो चरणको वार्ता सकिएसँगै अमेरिका र चीनबीचको व्यापार विवाद समाधान हुने देखिएको छ ।

व्यापार विज्ञहरूले अमेरिका र चीनबीचको पछिल्लो वार्ता दुई देशबीच व्यापार सम्झौता गर्न प्रेरित देखिएको प्रतिक्रिया दिएका छन् ।

वासिङ्टनस्थित ‘इन्स्टिच्युट फर चाइना–अमेरिका स्टडिज’ का विश्लेषक सौरभ गुप्ताले अमेरिका र चीनबीच व्यापार सम्झौता हुने विश्वाष व्यक्त गरे । ‘यो प्रष्ट भएको छ कि दुई पक्षबीच विस्तारै तर विधिसम्मत तरिकाले प्रगति भएको र मुलभुत एवम् सहायक बिषयहरूमा यस हप्ता पुनः वासिङ्टनमा वार्ता हुने प्रसङ्गले दुवै मुलुक व्यापार सम्झौताप्रति प्रतिवद्ध देखिएका छन,’ गुप्ता भन्छन् ।

‘चीनमा भएको वार्तापछि लगत्तै आगामी हप्ता अमेरिकामा छलफल गर्ने सहमति गर्नु वार्ताकारको विवादलाई छिट्टै टुङ्गोमा पु¥याउने इमान्दार प्रयत्न हो र यसबाट दुबैपक्ष छलफलप्रति सकारात्मक बनेको बुझ्न सकिन्छ,’ चिनियाँ समाचार संस्था सिन्ह्वालाई गुप्ताले भनेका छन् ।

‘चीन र अमेरिका व्यापार विवादका कारण सन् २०१८ मा दुबैले अर्काको सामान आयातमा गरेको करवृद्धिबाट आर्थिक पीडामा परेको अनुभुति गरेका छन्,’ बैंक अफ अमेरिका मेरिल लिन्चका विश्व अर्थतन्त्र अनुसन्धान कार्यक्रमका प्रमुख इथान ह्यारिसले भने ।

‘दुबै पक्ष अझै वार्तामा सम्लग्न छन् तर यसले विशेष चर्चा नपाउनुमा अमेरिकामा केही सञ्चारमाध्यमले वार्तालाई छायाँमा पार्ने प्रयत्न गरेका कारण वार्तामा देखिएका सकारात्मक बिषयहरू चर्चामा आउन नसकेका हुनसक्छन्,’ विश्लेषक गुप्ता भन्छन्, ‘व्यापार वार्ताबारे मेरो दृष्टिकोण के छ भने अहिले तिनीहरू छिद्रान्वेशी अवस्थामा छन् । हामीले तिनीहरूलाई सम्भावित गल्ती हुनबाट बचाउन विभिन्न अवस्थामा सुक्ष्म अध्ययन गर्नुपर्छ । सम्भवतः मार्चको अन्तिमसम्म सम्झौता हुन्छ ।’

चीन तथा अमेरिकाबीच यस हप्ताको बिहीबार र शुक्रबार छैठौँ चरणको उच्च स्तरीय आर्थिक तथा व्यापार परामर्श बैठक सम्पन्न भएको छ । चीन र अमेरिका दुबैले अर्को हप्ता वासिङ्टनमा भेट्ने सहमति भएको बताइसकेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ७ : १० बजे

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल