मौसम अपडेट : यो साता देशभर पानी पर्ने « Khabarhub

मौसम अपडेट : यो साता देशभर पानी पर्ने


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको न्यून चापीय रेखा औसत स्थानमा छ र उत्तर तिर सर्ने क्रम अझै जारी रहेकाले देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको पूर्वी र मध्य भू-भाग नजिक एउटा न्यून चापीय प्रणाली रहेको र यो प्रणाली पश्चिम तिर सर्ने क्रममा रहेको रहेको महाशाखाको भनाई छ। मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँने भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने गर्दछ।

महाशाखाका अनुसार देशको केही स्थानहरुमा आज (शुक्रबार) पनि मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना छ । मेघगर्जन /चट्याङ्ग दुवै हुने सम्भावना रहेका कारण विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । देशको एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले चुरेबाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनु पर्ने महाशाखाले जनाएको छ । यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाका अनुसार साताको शुरु शुक्रवार, शनिबारलाई मानिन्छ । साताको मध्य भन्नाले आइतबार, सोमबार, मंगलबार तथा साताको अन्त्य भन्नाले बुधबार, बिहिबार बुझाउने भन्दै महाशाखाले देशको पूर्वी र मध्य भूभागहरुमा साताको शुरु र अन्त्यमा सामान्यदेखि पूर्ण बदलि र साताको मध्यमा आंसिकदेखि सामान्य बदलि रहने तथा पश्चिमि भूभागमा साताभरि नै आंसिक देखि सामान्य बदलि रहने सम्भावना रहेको जनाएको छ ।

त्यस्तै साताको शुरुमा धेरै स्थानहरुमा मेघ गर्जनसहित केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ | साताको अन्त्यमा मध्य र पूर्वी भूभागको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ । साताको शुरुमा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साताको अन्त्यमा मध्य र पूर्वी भूभागको स्थानहरुमा एक./ दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले साताभरका लागि गरेको मौसमी विवरणको अनुमान यस्तो छ:

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ३२ बजे

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको