नेकपा प्रदेश ५ का सचेतक ढकालको घरमा विष्फोट « Khabarhub

नेकपा प्रदेश ५ का सचेतक ढकालको घरमा विष्फोट


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ का प्रमुख सचेतक रहेकका भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । ढकाल परिवार घरमै सुतिरहेका बेला बिहीबार राति विष्फोट भएको हो । उनको घर नजिकै ३ वटा बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटको समयमा ढकाल भने घरमा थिएनन् । उनी उपचारका लागि काठमाडौं आएका छन् ।

बम विष्फोट हुँदा उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारमा क्षति भएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगेको छ । घरमा भने त्यति क्षति नभएको प्हरीले जनाएको छ । कोठालाई लक्षित गरी हानिएको बम विष्फोट नभएकाले धेरै क्षति नभएको प्रहरीको अनुमान छ ।

बाइक चढेर आएका ३ जना बम हानेर भागेको स्थानीयको भनाई रहेको प्रहरीले जनाएको छ । प्रहरीले बिष्फोटको घटनाबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ८ : ०५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको