नेकपा प्रदेश ५ का सचेतक ढकालको घरमा विष्फोट « Khabarhub

नेकपा प्रदेश ५ का सचेतक ढकालको घरमा विष्फोट


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ का प्रमुख सचेतक रहेकका भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । ढकाल परिवार घरमै सुतिरहेका बेला बिहीबार राति विष्फोट भएको हो । उनको घर नजिकै ३ वटा बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटको समयमा ढकाल भने घरमा थिएनन् । उनी उपचारका लागि काठमाडौं आएका छन् ।

बम विष्फोट हुँदा उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारमा क्षति भएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगेको छ । घरमा भने त्यति क्षति नभएको प्हरीले जनाएको छ । कोठालाई लक्षित गरी हानिएको बम विष्फोट नभएकाले धेरै क्षति नभएको प्रहरीको अनुमान छ ।

बाइक चढेर आएका ३ जना बम हानेर भागेको स्थानीयको भनाई रहेको प्रहरीले जनाएको छ । प्रहरीले बिष्फोटको घटनाबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ८ : ०५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन