युईएफए वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी, रोनाल्डो र भर्जिल « Khabarhub

युईएफए वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी, रोनाल्डो र भर्जिल


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युईएफए) वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । यूईएफले सार्वजनिक गरेको अन्तिम ३ खेलाडीको सूचीमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्टार खेलाडी भर्जिल भान जिक परेका छन् ।

च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका लिभरपुलका मोहम्मद सलाहा र साडियो माने, पूर्व आयाक्सका म्याथ्युज डी लिग्ट र डीयोङले भने अन्तिम तीनमा स्थान बनाउन सकेनन् ।

वर्ष खेलाडीका लागि पुन: एकपटक मेस्सी र रोनाल्डोबीच प्रतिस्पर्धा हुँदैछ तर, यी दुई स्टार खेलाडीको बीचमा भर्जिल भान जिकले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पार्न सक्ने आकलन पनि गर्न थालिएको छ।

यूईएफएले अब ३ खेलाडीबाट १ खेलाडीलाई अगष्ट २९ मा यो अवार्ड प्रदान गर्नेछ । जसमा मेस्सी र रोनाल्डोको भन्दा धेरै सम्भावना भर्जिलको देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

किनभने भर्जिलको यो सिजन मेस्सी र रोनाल्डो भन्दा धेरै राम्रो गुज्रेको छ । उनले लिभरपुललाई च्याम्पियन्स लिग उपाधि जीताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ४९ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित