‘मारुनी’ को कथा दर्शकलाई नौलो लाग्नेछ: निर्देशक « Khabarhub

‘मारुनी’ को कथा दर्शकलाई नौलो लाग्नेछ: निर्देशक


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रर्दशनका क्रममा रहेको चलचित्र ‘मारुनी’ ले निर्देशन नवल नेपाललाई व्यस्त बनाइदिएको छ । उनले यसअघि निर्देशन गरेको चलचित्र ‘मंगलम्’ व्यावसायिक रुपमा खासै सफल नभए पनि समीक्षात्मक रुपमा चर्चा पायो । यो फिल्मबाट निर्देशक नवल नेपालले पनि राम्रै तारिफ बटुले ।

नेपाल निर्देशित ‘मारुनी’ मा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका छ । निर्देशक नेपाल यो फिल्म अन्य फिल्मभन्दा फरक रहेको बताउँछन् ।

खबरहबसँगको कुराकानीमा नेपालले भने, ‘प्रेमकथा मन पराउने दर्शकका लागि यो फिल्म विशेष बनोस् भनेर हामीले त्यही अनुसार ट्रिट गरेका छौँ । फिल्म दर्शकले मन पराउनेमा विश्वस्त छौँ ।’

उनका अनुसार यो फिल्म त्रिकोणात्मक कथामा आधारित फिल्म हो । निर्देशक भने फिल्मलाई त्रिकोणात्मक कथामा आधारित भनिए पनि ट्वीस्टका कारण दर्शकलाई फरक र नौलो लाग्ने बताउँछन् । फिल्मको कथालाई दर्शकले मन पराउने  उनको दाबी छ ।

रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील श्रेष्ठ लगायतले समेत अभिनय गरेको फिल्ममा पुनम गौतमको लगानी छ भने नवल नेपालको लेखन तथा निर्देशन छ । निर्देशक नेपाललाई फिल्म लेखनमा गोविन्द फुयाँलले साथ दिएका छन् ।

मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन रहेको यो फिल्म आउँदो भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ११ : ४६ बजे

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत