कमाल गर्लिन् त ‘प्रेम गीत ३’ मा क्रिष्टिनाले? « Khabarhub

कमाल गर्लिन् त ‘प्रेम गीत ३’ मा क्रिष्टिनाले?


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – क्रिष्टिना गुरुङ ‘प्रेम गीत ३’ मा नायिकाका रुपमा छनोट भएपछि उनको चर्चा छ । यस वर्षको प्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ मा उनी अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् ।

फिल्म टिमका कारण उनको पनि चर्चा छ । उनले दर्शकको ध्यान तान्नका लागि कोशिश पनि गरिरहेकी छिन् । त्यसो त नेपाली फिल्म क्षेत्रमा एउटा फिल्मबाट आउने र हराउने नायिकाहरु निकै धेरै छन् ।

आसुसेन फिल्मसकै ब्यानरबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका नायिकाहरु पनि अहिले गुमनाम छन् । यसअघि चलचित्र ‘मेरी मामु’ मा देखिएकी अभिनेत्री कुसुम गुरुङको पनि खुबै सम्भावना छ भनिएको थियो । तर, उनी अन्य फिल्ममा छैनिन् । अर्की अभिनेत्री अश्लेषा ठकुरी पनि खासै चर्चामा छैनिन् ।

अश्लेषाले चलचित्र ‘प्रेम गीत २’ मा गीतको भूमिका निभाएकी थिइन् ।

यसरी हेर्दा क्रिष्टिनालाई पनि अबको यात्रा सजिलो छैन । किनकि, फिल्ममा जम्नका लागि रुप भएर मात्र हुँदैन । दर्शकको मन जित्न अभिनय नै राम्रो गर्नुृपर्ने हुन्छ । अब उनले फिल्ममा कस्तो अभिनय गर्नेछिन् त्यो त हेर्न बाँकी छ । जे होस्, अहिले भने फिल्ममा क्रिष्टिनाले राम्रो गर्नेछिन् भन्नेमा चाहिँ धेरैको विश्वास छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ४ : ३० बजे

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको