कमाल गर्लिन् त ‘प्रेम गीत ३’ मा क्रिष्टिनाले? « Khabarhub

कमाल गर्लिन् त ‘प्रेम गीत ३’ मा क्रिष्टिनाले?


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – क्रिष्टिना गुरुङ ‘प्रेम गीत ३’ मा नायिकाका रुपमा छनोट भएपछि उनको चर्चा छ । यस वर्षको प्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ मा उनी अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् ।

फिल्म टिमका कारण उनको पनि चर्चा छ । उनले दर्शकको ध्यान तान्नका लागि कोशिश पनि गरिरहेकी छिन् । त्यसो त नेपाली फिल्म क्षेत्रमा एउटा फिल्मबाट आउने र हराउने नायिकाहरु निकै धेरै छन् ।

आसुसेन फिल्मसकै ब्यानरबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका नायिकाहरु पनि अहिले गुमनाम छन् । यसअघि चलचित्र ‘मेरी मामु’ मा देखिएकी अभिनेत्री कुसुम गुरुङको पनि खुबै सम्भावना छ भनिएको थियो । तर, उनी अन्य फिल्ममा छैनिन् । अर्की अभिनेत्री अश्लेषा ठकुरी पनि खासै चर्चामा छैनिन् ।

अश्लेषाले चलचित्र ‘प्रेम गीत २’ मा गीतको भूमिका निभाएकी थिइन् ।

यसरी हेर्दा क्रिष्टिनालाई पनि अबको यात्रा सजिलो छैन । किनकि, फिल्ममा जम्नका लागि रुप भएर मात्र हुँदैन । दर्शकको मन जित्न अभिनय नै राम्रो गर्नुृपर्ने हुन्छ । अब उनले फिल्ममा कस्तो अभिनय गर्नेछिन् त्यो त हेर्न बाँकी छ । जे होस्, अहिले भने फिल्ममा क्रिष्टिनाले राम्रो गर्नेछिन् भन्नेमा चाहिँ धेरैको विश्वास छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ४ : ३० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने