ज्ञानेन्द्र शाहीलाई पक्राउ पुर्जी दिँदै प्रहरीले हिरासतमा राख्यो, मुद्दा चलाउने तयारी « Khabarhub

ज्ञानेन्द्र शाहीलाई पक्राउ पुर्जी दिँदै प्रहरीले हिरासतमा राख्यो, मुद्दा चलाउने तयारी


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले शाहीलाई हिरासतमा लिएको हो ।

शनिवार नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा विमान रोकेको भन्दै शाही लगायतले विमान भित्र मन्त्री भट्टराईलाई गाली गरेको भिडियो सार्वजनिक भएको थियो ।

मन्त्री भट्टराईका कारण विमान १ घन्टा रोकिएको भन्दै शाही लगायतले आक्रोश पोखेका थिए । तर, भट्टराईले भने १५ मिनेट आफ्ना कारणले विमान रोकिएको भन्दै माफि मागेका थिए ।

मन्त्रीले ढाँटेको भन्दै शाहीले आइतबार(हिजो) ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । उक्त पत्रकारसम्मेलनमा झडपको अवस्था बनेपछि शाहीको सुरक्षाका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका शाहीलाई छोड्नका लागि पूर्व एसपी दिलिप वस्नेतलाई जमानीको कागज गराएको भएपनि प्रहरीले नछोडेको र उल्टै शाहीमाथि अभन्द्र व्यवहारको मुद्दा चलाउने काम सरकारी पक्षबाट भएको भन्दै नेपालका लागि नेपाली अभियानले विज्ञप्ति जारी गर्दै विरोधसमेत गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनबाट पक्राउ परेका शाहीलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ प्रहरीले पक्राउ पुर्जी दिएको थियो । शाही अहिले ललितपुर प्रहरीको हिरासतमा रहेका छन् ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले मन्त्री भट्टराईमाथि विमानस्थलमा अभद्र व्यवहार गरेको विषयमा अनुसन्धान गर्न शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेर हिरासतमा राखिएको बताए ।

प्रहरीले अभद्र व्यवहारसँगै शाही विरुद्ध गैरसैनिक हवाई उडान सम्बन्धी ऐन विपरीतको कसुर गरेको अभियोगमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।

गैरसैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन २०१५ अनुसार उडानमा रहेका वायुयानभित्र कुनै व्यक्तिविरुद्ध आक्रामक व्यवहार गरेमा वा त्यस्तो काम कारवाहीले वायुयानको सुरक्षामा खतरा हुने सम्भावना भएमा त्यसलाई हवाई उडानको सुरक्षा विरुद्धको अपराध मानिन्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : २४ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो