मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस दुर्घटना, २७ यात्रु घाइते « Khabarhub

मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस दुर्घटना, २७ यात्रु घाइते


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा यात्रु बस दुर्घटनामा परेको छ ।

सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : ०५ बजे

माधव नेपालविरुद्धको मुद्दामा सबै कागजपत्र झिकाउने आदेश

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष

पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा : एडीबी

काठमाडौं- पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

काठमाडौं– ईभी निर्माता चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

काठमाडौं– पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको