हत्केलाले सूर्य छेक्ने दुस्साहस केहीले गरेका छन्, त्यसको प्रतिवाद गर्नुपर्छ– प्रचण्ड « Khabarhub

हत्केलाले सूर्य छेक्ने दुस्साहस केहीले गरेका छन्, त्यसको प्रतिवाद गर्नुपर्छ– प्रचण्ड


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो संघर्षबाट प्राप्त उपलव्धिलाई कलिलो मै मार्न वा निमोठ्न केही तत्व सक्रिय भएको आरोप लगाएका छन् ।

पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विरोधीहरु उपलव्धिलाई समाप्त पार्न लागेकाले परिवर्तनको रक्षा र सुदृढ गर्ने संकल्प आवश्यक भएको बताए । त्यसका लागि सबैले आफ्नो स्थानबाट भूमिका खेल्न जरुरी रहेको प्रचण्डको भनाइ थियो ।

‘यो परिवर्तन सात दशक लामो संघर्षबाट प्राप्त भएको छ यो भरखरको बच्चा वा कलिलो जस्तो छ । यसका विरोधीले कलिलो मै यसलाई मार्न र निमोठ्न सकिन्छ कि भनेर लागेका छन्’ प्रचण्डले भने ।

उनले युवा विद्यार्थीले त्यस्ता शक्तिको दुस्साहसको प्रतिवाद गर्नुपर्ने बताए ।

‘युवा विद्यार्थीहरुले केही त्यस्ता अराजक तत्व जसले जनतामा भ्रम सिर्जना गर्न खोजेका छन्, हत्केलाले सूर्य छेक्न खोज्या जस्तो दुस्साहस गरेका छन्,’ प्रचण्डले भने,‘यस्ता तत्वहरुसँग सतर्क रहन र त्यसको प्रतिवाद गर्न विशेष अपिल गर्छु ।’

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : १४ बजे

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा