चीनमा फ्लप भएको हो रजनीकान्तको ‘२.०’? « Khabarhub

चीनमा फ्लप भएको हो रजनीकान्तको ‘२.०’?


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा ब्लकबस्टर फिल्मले पनि चीनमा खासै कमाल देखाउन नसक्दा मूलधारका फिल्मलाई चीनको बजार खोज्ने प्रयोगमा असर परिरहेको बलिउड विश्लेषकको धारणा छ ।

रजनीकान्त र अक्षयकुमार अभिनित फिल्म एस शंकरको फिल्म ‘२.०’ ले घरेलु बजारमा शानदार व्यापार गरेको थियो । तर, यो फिल्म चीनको बजारमा भने चिप्लिएको छ । भारतीय मिडियाका अनुसार यो फिल्म चीनमा पूर्ण रुपमा असफल भएको छ । चीनको ठूलो बजारमा पनि फिल्मले झण्डै २२ करोड रुपैयाँ मात्र कमाइ गरेको छ ।

‘२.०’ लाई सन् २०१८ को मे महिनामा चीनमा रिलिज भएको ‘बाहुबली २’ सँग तुलना गरिएको छ । किनकि, ब्लकबस्टर भएको यो फिल्म पनि चीनको बजारमा भने फ्लप भएको थियो । ‘बाहुबली २’ ले जम्माजम्मी ५२ करोडको व्यापार गरेको थियो । फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन ।

यसलाई विश्लेषकले फिल्मको कहानीमा चिनियाँ दर्शकले आफूलाई नपाएका कारण दर्शकको मन जित्न नसकेको प्रतिक्रिया दिएका छन् । यद्यपि, भारतमा ब्लकबस्टर भएका फिल्म चीनमा फ्लप भए पनि यो फिल्म केही हिन्दी चलचित्रले भने राम्रो कमाइ गरेका उदाहरण छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ११ : ०६ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै