प्रहरीको ‘सम्झाइ बुझाइ’पछि रिहा भए ज्ञानेन्द्र शाही | Khabarhub Khabarhub

प्रहरीको ‘सम्झाइ बुझाइ’पछि रिहा भए ज्ञानेन्द्र शाही


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘पत्रकार सम्मेलन’का क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही सोमबार रिहा भएका छन् ।

आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भन्ने शाहीले आइतबार ललितपुरको पुल्चोकमा आयोजना गरेको ‘पत्रकार सम्मेलन’मा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।

शनिबार नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि हुलहुज्जत गरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकर्ताले शाही समेतले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रमण प्रसाय गरेका थिए ।

पत्रकार सम्मेलनमा आफूहरुमाथि आक्रमण प्रयास गर्दा पनि प्रहरीले सहयोग गरेको भन्दै शाहीले प्रहरीमाथि नै दुव्र्यवहार गरेकाले उनलाई नियन्त्रणमा लिइएएको प्रहरीको भनाइ थियो ।

शुक्रबार प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा राखिएका शाहीलाई ‘आगामी दिनमा यस्ता गतिविधि नगर्ने शर्त’मा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर राईले जानकारी दिए ।

‘उहाँ (शाही)लाई सम्झाइ बुझाइ, आगामी दिनमा यस्ता गतिविधि नगर्ने भनेर छाडिएको छ,’ राईले भने ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १ : १६ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज