राष्ट्रियसभा बैठक– नियम निलम्बनको प्रस्ताव स्वीकृत « Khabarhub

राष्ट्रियसभा बैठक– नियम निलम्बनको प्रस्ताव स्वीकृत


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गरेका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरेका थिए । बैठकले औद्योगिक व्यवसाय विधेयकलाई स्वीकृत गरेको छ ।

बैठकमा उद्योगमन्त्री मातृका यादवका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसायी विधेयक, २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा खतिवडाले जवाफ दिएपछि बैठकको सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकृत गरिएको थियो ।

राष्ट्रियसभाले ‘राहदानी विधेयक २०७५’ पुनः विचारका लागि विधायक व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले सो विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकार गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते मङ्गलबार अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  २ : २१ बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त