संसदीय समितिले मंगलबारदेखि सागको खेलस्थल निरीक्षण गर्ने « Khabarhub

संसदीय समितिले मंगलबारदेखि सागको खेलस्थल निरीक्षण गर्ने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसदीय समितिले मंगलबारदेखि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का खेल आयोजना स्थलको निरीक्षण गर्ने भएको छ ।

संसदीय समितिका सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा संसदीय टोलीले खेल आयोजना स्थलको निरीक्षण गर्न लागेको हो ।

मंगलबार दिउँसो १२ बजेदेखि श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय समितिले साग उद्घाटन स्थल दशरथ रंगशालाबाट निरीक्षण शुरु गर्ने छ ।निरीक्षण समितिको संयोजकमा श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा एकबाल मियाँ, जमेन्द्र महत, नमिता चौधरी र नारायण मरासिनी छन् ।

समितिले सागका खेलस्थलको निरीक्षण गरेर खेलस्थलको निर्माण कार्य, तयारीलगायतमा भएको प्रगतिको अवस्था बुझेर रिपोर्ट तयार पार्नेछ । उक्त रिपोर्ट मूल आयोजक समितिलाई बुझाउनेछ ।

साग आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुने गरि मिति तय भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ०५ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल