सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा डेंगुको संक्रमण, ४५ संक्रमित | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा डेंगुको संक्रमण, ४५ संक्रमित


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- मुलुकभर डेंगु संक्रमण बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि यसको संक्रमण बढ्दै गइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेंगुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण निरीक्षक हेमराज जोशीले बाजुराबाहेक अन्य जिल्लामा गरी ४५ जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी कैलालीमा २० जनामा डेंगुको संक्रमण देखिएको छ ।

उनका अनुसार डेंगु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न यहाँका १५ वटा स्थानीयतहलाई चालू आर्थिक वर्षमा संघीय सरकारले बजेट उपलब्ध गराएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको ८८ वटा स्थानीय तहमध्ये पहाडी जिल्लामा समेत डेंगुको संक्रमण देखिएपछि सर्तकता अपनाउनका लागि स्थानीय तह अग्रसर भएका छन् ।

“लार्भा नष्ट अभियानका लागि स्थानीय तहलाई रु एक लाखदेखि रु दुई लाखसम्म रकम दिएको छ”, किट नियन्त्रण निरीक्षक जोशीले भन्नुभयो, “धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकालाई रु दुई/दुई लाख दिइएको छ ।”

लार्भा नष्ट गर्न शनिबारदेखि कञ्चनपुरको वेदकोट र कैलालीको टीकापुर नगरपालिकाले अभियान नै शुरु गरेका छन् । यसअघि कैलालीको लम्कीचुहा नगरपालिका, गौरीगङ्गा नगरपालिका, जानकी गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रभावित क्षेत्रको पहिचान गरी लार्भा नष्ट गरिसकेको पनि उहाँले जानकारी दिए ।

किट नियन्त्रण निरीक्षक जोशीले निर्देशनालयले प्रदेश सामाजिक विकास मन्त्रालयमा डेंगु नियन्त्रण अभियान सञ्चालनका लागि योजना पेश गरेको जानकारी दिए । “धनगढी र भीमदत्तनगरमा रहेका स्वास्थ्य कार्यालयले पनि प्रभावित क्षेत्रमा लार्भा नष्ट अभियान सञ्चालनको तयारी गरेका छन्”, जोशीले भने, “अहिले यहाँका स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको चाप पनि बढेको छ ।”

एडिज नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको चिकित्सकको सल्लाहअनुसार समयमै उपचार गरिएमा निको हुने जोशीको भनाइ छ । नियन्त्रण र उपचारका लागि कहीँ पनि औषधि र किटको अभाव छैन”, उनले भने– “प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सबैतिर अख्तियारी दिइएको छ ।”

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक गजेन्द्र विष्टले नगरपालिकाले आन्तरिक स्रोतबाटै लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए ।

“प्रभावित क्षेत्रको पहिचान गरी केही वडामा लार्भा नष्ट अभियान चलाइसकेका छौँ”, उनले भने, “त्यसका लागि नगरपालिकाले बजेट व्यवस्थापन गरेको छ ।” त्यसैगरी यहाँको महाकाली अञ्चल अस्पतालले पनि आइतबार डेंगु परीक्षणका लागि आवश्यक ‘किट’ खरिद गरेको छ । लामो समयदेखि किट नहुँदा अस्पतालमा डेंगु परीक्षण गर्न सकिएको थिएन ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : १० बजे

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको