अक्टोबरमा क्यानको निलम्बन फुकुवा हुने सदस्यसचिव सिलवालको दावी | Khabarhub Khabarhub

अक्टोबरमा क्यानको निलम्बन फुकुवा हुने सदस्यसचिव सिलवालको दावी


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन आगामी महिना फुकुवा हुने बताएका छन् ।

आगामी अक्टोबरमा बस्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक बैठकले (क्यान) माथिको निलम्बन फुकुवा गर्ने उनले दावी गरेका हुन् । सोमबार एक कार्यक्रममा बोल्दै सिलवालले अक्टोबर १२ र १३ तारिखमा बस्ने आईसीसी बार्षिक बैठकबाट क्यानको निलम्बन फुकुवा हुने बताए ।

आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा, अमर शेख र सदस्यसचिव सिलवालबीच सोमबार क्यान निर्वाचनका विषयमा छलफल भएको थियो ।उक्त भेटवार्तापछि बोल्दै सदस्यसचिव सिलवालले क्यानले अर्को महिना प्रतिबन्धबाट उन्मुक्ती पाउने बताए । आईसीसीको बोर्ड सदस्यसमेत रहेका उपाध्यक्ष ख्वाजासामू सदस्यसचिव सिलवालले अक्टोबरको बैठकमा क्यान निलम्बन फुकुवाको मुद्दा उठान गर्न आग्रह गरेको बताएका छन् ।

स्वतन्त्र टोलीले बोलाएको विशेष साधारणसभा रोक्न राखेपले निर्देशन दिएपछि आईसीसीका प्रतिनिधिहरु काठमाडौं आएका थिए । आईसीसी प्रतिनिधि र राखेपका सदस्यसचिव सिलवालबीच सोमबार भएको छलफलमा (क्यान) को केन्द्रीय निर्वाचन असोज १० र ११ गते गर्ने सहमति भएको छ ।

क्यान निर्वाचन स्वतन्त्र, निष्पक्ष र पारदर्शी रुपमा गर्न आईसीसीका उपाध्यक्ष ख्वाजा र सदस्यसचिव सिलवालले प्रतिबद्धता व्यक्त गरे । क्यान निर्वाचनलगत्तै अक्टोबर १२ र १३ तारिखमा आईसीसीको वार्षिक बैठक बस्ने छ । क्यानको निलम्बन फुकुवाका लागि आईसीसी सकारात्मक देखिएकाले उक्त बैठकले सुखद निर्णय गर्ने विश्वास गरिएको छ ।

नेपाली क्रिकेटको विकासका निम्ति तल्लोस्तरमा सहयोग गर्न आईसीसीले रुची देखाएको छ । नेपाली क्रिकेटको विकासका विषयमा आईसीसी प्रतिनिधि र सदस्यसचिव सिलवालबीच छलफल भएको थियो ।

यसअघि क्यान निर्वाचन असोज ३ र ४ गते हुने गरि स्वतन्त्र कमिटीले मिति तय गरेको थियो । तर, उक्त मितिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अवैधानिक भन्दै आईसीसीलाई निर्वाचन रोक्न पत्र पठाएको थियो । आईसीसीले राखेपको उक्त पत्रकै आधारमा आफ्ना प्रतिनिधि नेपाल पठाएको हो । नेपाल आएको आईसीसी प्रतिनिधि र राखेप सदस्यसचिव सिलवालबीच भएको छलफलले क्यानको केन्द्रीय निर्वाचनको मिति तोकेको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : ३२ बजे

सुर्यदर्शन (गुफा) किन राखिन्छ ? यस्ता छन् धार्मिक र वैज्ञानिक तथ्यहरू

काठमाडौं– नेवारी समाजमा सुर्यदर्शनलाई महिलाको सुर्यदेवसँगको विवाहको रूपमा मानिन्छ ।

जनकपुरधाममा ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर– जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुई

कोशीमा कांग्रेस दलको बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रदेश सभा बहिष्कार गर्ने

विराटनगर – नेपाली कांग्रेस संसदीय दल कोशी प्रदेशको बैठक शुरु

युक्रेनसँगको युद्धबीच पुटिनले सर्गेइलाई रक्षामन्त्रीबाट हटाए 

काठमाडौं– युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि

झापा– झापामा आठ लाख चार हजार सात सय ३७ जनाले