अक्टोबरमा क्यानको निलम्बन फुकुवा हुने सदस्यसचिव सिलवालको दावी « Khabarhub

अक्टोबरमा क्यानको निलम्बन फुकुवा हुने सदस्यसचिव सिलवालको दावी


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन आगामी महिना फुकुवा हुने बताएका छन् ।

आगामी अक्टोबरमा बस्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक बैठकले (क्यान) माथिको निलम्बन फुकुवा गर्ने उनले दावी गरेका हुन् । सोमबार एक कार्यक्रममा बोल्दै सिलवालले अक्टोबर १२ र १३ तारिखमा बस्ने आईसीसी बार्षिक बैठकबाट क्यानको निलम्बन फुकुवा हुने बताए ।

आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा, अमर शेख र सदस्यसचिव सिलवालबीच सोमबार क्यान निर्वाचनका विषयमा छलफल भएको थियो ।उक्त भेटवार्तापछि बोल्दै सदस्यसचिव सिलवालले क्यानले अर्को महिना प्रतिबन्धबाट उन्मुक्ती पाउने बताए । आईसीसीको बोर्ड सदस्यसमेत रहेका उपाध्यक्ष ख्वाजासामू सदस्यसचिव सिलवालले अक्टोबरको बैठकमा क्यान निलम्बन फुकुवाको मुद्दा उठान गर्न आग्रह गरेको बताएका छन् ।

स्वतन्त्र टोलीले बोलाएको विशेष साधारणसभा रोक्न राखेपले निर्देशन दिएपछि आईसीसीका प्रतिनिधिहरु काठमाडौं आएका थिए । आईसीसी प्रतिनिधि र राखेपका सदस्यसचिव सिलवालबीच सोमबार भएको छलफलमा (क्यान) को केन्द्रीय निर्वाचन असोज १० र ११ गते गर्ने सहमति भएको छ ।

क्यान निर्वाचन स्वतन्त्र, निष्पक्ष र पारदर्शी रुपमा गर्न आईसीसीका उपाध्यक्ष ख्वाजा र सदस्यसचिव सिलवालले प्रतिबद्धता व्यक्त गरे । क्यान निर्वाचनलगत्तै अक्टोबर १२ र १३ तारिखमा आईसीसीको वार्षिक बैठक बस्ने छ । क्यानको निलम्बन फुकुवाका लागि आईसीसी सकारात्मक देखिएकाले उक्त बैठकले सुखद निर्णय गर्ने विश्वास गरिएको छ ।

नेपाली क्रिकेटको विकासका निम्ति तल्लोस्तरमा सहयोग गर्न आईसीसीले रुची देखाएको छ । नेपाली क्रिकेटको विकासका विषयमा आईसीसी प्रतिनिधि र सदस्यसचिव सिलवालबीच छलफल भएको थियो ।

यसअघि क्यान निर्वाचन असोज ३ र ४ गते हुने गरि स्वतन्त्र कमिटीले मिति तय गरेको थियो । तर, उक्त मितिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अवैधानिक भन्दै आईसीसीलाई निर्वाचन रोक्न पत्र पठाएको थियो । आईसीसीले राखेपको उक्त पत्रकै आधारमा आफ्ना प्रतिनिधि नेपाल पठाएको हो । नेपाल आएको आईसीसी प्रतिनिधि र राखेप सदस्यसचिव सिलवालबीच भएको छलफलले क्यानको केन्द्रीय निर्वाचनको मिति तोकेको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : ३२ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान