बजेट कार्यान्वय कार्यविधि दशैँ अगावै: मुख्यमन्त्री राई « Khabarhub

बजेट कार्यान्वय कार्यविधि दशैँ अगावै: मुख्यमन्त्री राई


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बजेट कार्यान्वय कार्यविधि दशैँ अगावै बनाइसक्ने बताएका छन् ।

विराटनगरमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सदस्यहरुसँग आयोजना गरेको ‘प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्ययोजना’ कार्यक्रममा उनले बजेट कार्यान्वयनका क्रममा विगतमा भएका कमजोरी सच्याउँदै १५ दिनभित्रै कार्यविधि बनाएर काम शुरु गरिने बताएका छन् ।

उनले परम्परागत शैलीमा बजेट बनाउने र विकास बजेट खर्चहुँदा खर्च अनुसारको प्रतिफल नआएकाले योजना छनोटदेखि कार्यविधि बनाउने र कार्यन्वयनसम्मनै सुधार गरिँदै जाने बताए । एउटै काममा पटक–पटक बजेट जाने तर काम नहुने प्रवृतिले जनता निराश भएकाले यसपटक जनताले विकासको अनुभूति गर्न पाउने उल्लेख गदै मुख्मन्त्री राईले भने, “प्रदेशले आफ्नौ छुट्टै कार्यविधि बनाएर काम गर्छ, यस पटकको कार्यविधि स्थानीय जनताले बुझ्ने, उनीहरुका घरसम्मै पुग्ने किसिमको हुने छ ।”

उनले बनिसकेका कार्यविधिका कमजोरी सच्चाउने र नयाँ कार्यविधि बनाउने काम छिट्टै सकेर कार्यन्वयनतर्फ लागे बजेट दुरुपयोग र असारे विकास रोकिने बताए । उनले भएका कामको अनुमगन प्रदेशसभा सदस्यलाई जिम्मा दिइने जानकारी गराए । योजना छनोट हुँदा र कार्यान्वयन हुँदासमेत सम्बन्धित क्षेत्रका सदस्यलाई जानकारीसम्म नआएको र अनियमितता हुने गरेको विषय आउने गरेकाले मुख्यमन्त्री राईले प्रदेशसभा सदस्यको नेतृत्वमा अधिकार सम्पन्न टोली बनाइने बताए ।

उनले बजेट कार्यान्वयन योजनामा केही कमीकमजोरी भए सुधार गरेर जान सकिने तर बजटेको सही सदुपयोग हुन सबै तह जिम्मेवार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङवोले गत वर्षका अधुरा योजना पूरा गर्ने, बहु वर्षेयोजना सम्पन्न गर्न बजेट कमी भए पनि बजेट पारदर्शी र विकासका काममा सुशासन भए विस्तारै सम्पन्न गर्न सकिने बताए ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका राजीव कोइरालाले विकासमा सुशासन कायम गर्न जनता सचेत, नेता र कर्मचारी जिम्मेवार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सभामुख प्रदीप भण्डारी, प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले पनि उठेका प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : ४७ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर