दुई विद्यालयमा तलब रोक्का | Khabarhub Khabarhub

दुई विद्यालयमा तलब रोक्का


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- चन्दननाथ नगरपालिका जुम्लाले दुई विद्यालयको खाता रोक्का गरेको छ ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुई विद्यालयको खाता रोक्का गरेको हो ।

चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख कान्तिका सेजुवालको आदेशमा रोक्का गरिएको हो ।

गएको साउन ३ गते नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अवधि सकिएको भन्दै नयाँसमिति गठन गर्न परिपत्र गरेको थियो। नगरपालिकाभित्र रहेका १९ विद्यालयमध्ये चन्दननाथ र कर्णाली माविले समिति गठन गर्न अटेर गरेको भन्दै नगरपालिकाले विद्यालयको खाता रोक्का गरेको हो ।

नगरपालिकाले खाता रोक्का गरेका कारण चन्दननाथ माविका ३० शिक्षक र ४० ज्याला मजदूरले यस वर्षको दशैँ मनाउन पाएनन्।

जिल्ला बाहिरका शिक्षकलाई रु ३० हजारदेखि ५० हजार विद्यालयको आन्तरिक खाताबाट दिएर दशैँ मनाउने वातावरण सिर्जना गरिएको चन्दननाथ नमूना मावि जुम्लाका प्रधानाध्यापक टङ्क महतले जानकारी दिए ।

शिक्षकमाथि नगरपालिकाले अमानवीय व्यवहार गरेको भन्दै उनले तिहारसम्म तलब निकासा नभए अदालत जाने बताए। श्रम गरी जीवन जिउने शिक्षकलाई दशैँमा नगरपालिकाले बिजोग बनाएको महतले बताए ।

विद्यालयमा कार्यरत शिक्षकले तलबभत्ता नपाउँदा यस वर्षको दशैँ ऋण गरी मनाएको उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिको विषयलाई जोडेर विद्यालयको खाता रोक्का गर्नु नगरपालिकाको गैरजिम्मेवार काम भएको उनको आरोप छ । ऋण गरी दशैँ मनाउनुपर्ने अवस्था नगरपालिकाले सिर्जना गरेको उनले बताए ।

यसैगरी कर्णाली मावि अनामनगरमा कार्यरत १९ शिक्षकले तलब पाएका छैनन् भने विशेष कक्षाका ३४ र फिडर छात्रावासका २० छात्राका लागि चाहिने रकम नहुँदा उनीहरुलाई समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन बुढथापाले बताए ।

विद्यालय व्यवस्थापनको विषयलाई लिएर नगरपालिकाले दशैँमा शिक्षकलाई निराश र ऋण निकालेर मनाउने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।

अध्यक्ष बुढथापाले शिक्षा ऐन, २०२८ को नवौँ संशोधनको नियम १२ अनुसार गठित विद्यालय व्यवस्थापन समितिको पदावधि तीन वर्ष रहने र नगर शिक्षा कार्यविधि, २०७५ मा पनि सोही व्यवस्था भएकाले चन्दननाथ नमूना माविका अध्यक्ष र आफ्नो कार्यकाल नसकिएको जानकारी गराए।

विसं २०७४ मा गठन भएको विद्यालय व्यवस्थापन समिति (विव्यस) को समयावधि अझै एक वर्ष बाँकी रहेको बुढथापाले बताए। तर नगर शिक्षा समितिले सिधै विव्यस भङ्ग गरी नयाँ गठन गर्न साउन ३ मा परिपत्र गरेको थियो।

शिक्षा ऐनको व्यवस्था र परिपत्रबीच कुरा बाझिँदा विव्यस गठन गर्न नसकिएको उनको भनाइ छ। आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेकाले तत्काल नयाँ समिति गठन नहुने बुढथापाले बताए।

न्यायका लागि अदालतमा जाने भन्दै उनले स्थानीय सरकार आइसकेपछि अप्ठ्यारो बनाएको आरोप लगाए। नगरप्रमुख सेजुवालका अनुसार भदौ मसान्तसम्म सबै विद्यालयमा नयाँ विव्यस गठन गर्न परिपत्र गरिएको भन्दै १९ विद्यालयमध्ये दुई विद्यालयले तीन पटकसम्म ताकेता गर्दा पनि विव्यस गठन नगरेको बताए।

नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नभएको भन्दै उनले दुई विद्यालयको खाता रोक्का गरिएको बताए। उनले नगर शिक्षा समितिको निर्णयलाई अवज्ञा गरेका कारण बाध्यात्मक अवस्थामा खाता रोक्का गरिएको जानकारी गराए।

कार्यपालिकाको निर्णयलाई कार्यान्वयन नगर्नु विद्यालयले अटेरी गरेको उनको भनाइ छ । अदालतको बाटो खुला रहेको भन्दै उनले अदालत जान पाउने अधिकार रहने बताए।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : ०३ बजे

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी

पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने

चिसो बढेपछि विद्यालय बन्द

रौतहट – केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

सोलुखुम्बु – आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ