शनिको साढे सात ग्रह दशाको दोष हटाउन के गर्ने ? « Khabarhub

शनिको साढे सात ग्रह दशाको दोष हटाउन के गर्ने ?


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

शनिको साढे सातको दशा कसैमा एक पटक देखा परेमा यसले निकै ठुलो क्षति पुर्‍याउने ज्योतिषशास्त्रीहरु बताउँछन् ।

बिरलैलाई मात्र यसले लाभ गर्छ । त्यसैले शनिको साढे सात दशाको दाेष निवारण गर्न विभिन्न शास्त्रीय विधि अपनाउनुपर्छ । यदि तपाईमा पनि साढे सातको दशा चलेको छ भने त्यसको दोष देखिने ज्योतिष शास्त्रीहरु बताउँछन् ।

यदि साढे सातको दशा चलेको छ भने तपाईको जीवन निकै कष्टकर बन्छ । तपाईले चाहेका कुनै पनि काम फत्ते गर्न सक्नुहुन्न । घरमा पनि अनिष्ठ हुन्छ । यस्तो दशाको दोष निवारणका लागि शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।

यसबाट शनिको दशाबाट मुक्ति मिल्छ । यस बाहेक राशि अनुसारका निम्न उपाय गरेमा पनि शनिको साढे सातको दशाबाट मुक्ति पाउन सकिन्छ ।

मेष राशि

मेष राशिमा शनिको साढे सातको समस्या देखा परेमा अरुको भरमा पर्ने काममा पनि आफै अग्रसर हुन आवश्यक छ । यस बेलामा कामको तनाव र चिन्ता बढि हुने भएकाले कुनै पनि निर्णय लिन हतार गर्नु हुँदैन । कुनै कारोबार वा महंगो वस्तु लिनुपूर्व निकै सोचविचार गर्नुपर्दछ ।

वृष राशि

वृष राशिको व्ययवृद्धिको नियन्त्रण अरुमा निर्भर हुन्छ । तसर्थ कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनु आवश्यक हुन्छ । जोखिमयुक्त कामको थालनी गर्दा भावनामा रहेर गर्नु हुँदैन अन्यथा यसको नकारात्मक असर देखापर्न सक्छ ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिमा साढे सातको समस्या भए तन्त्रमन्त्रमा रुचि बढ्ने गर्दछ । धार्मिक स्थल वा तिर्थको योग हुनसक्छ । त्यसैले धर्म प्रति नकारात्मक हुँनुहुँदैन । आर्थिक विषयमा विचार विमर्श गर्नु लाभकारी हुन्छ । सेवा वा दानको काम गरेर पनि शनिको साढे सातबाट मुक्ति पाइन्छ ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिमा शनिको प्रभाव भएमा धर्मस्थलको यात्रा दर्शनको सुयोग बन्दछ । यसरी यात्रा जुरेमा त्यसलाई निन्दा गर्नु हुँदैन । साथै प्रभावशाली व्यक्तिको सहयोगमा मार्गदर्शन लिएमा मात्र शनिको प्रभाव कम हुने र धन प्राप्तिको योग बन्ने हुन्छ ।

सिंह राशि

सिंह राशिका व्यक्तिमा शनिको प्रभावले स्वास्थ्यमा समस्या देखापर्न सक्छ । काम गर्दा बिग्रने हुनसक्छ । तर यस्तो बेलमा सुझबुझका साथ हतार र लापरबाही नगरी निर्णय लिनु पर्दछ । कुनै पनि वाहनको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ ।

कन्या राशि

कन्या राशिका व्यक्तिमा शनिको व्यक्ति सातको प्रभाव भएमा यसले कतिपय अवस्थामा लाभ गराउन सक्छ । ठूला समस्याको समाधान समेत हुनसक्छ । विवाहका लागि प्रस्ताव आउन सक्छ । तर कन्या राशिको चञ्चलताका कारणले राम्रो योग गुमेर पनि समस्या बल्झिन सक्छ ।

तुला राशि

तुला राशिका व्यक्तिमा शनिको प्रभाव देखा परेमा यसले बनेका काम बिर्गाने तथा प्राप्त धन समेत हातबाट फुत्कने हुनसक्छ । कुनै काम गर्दा अनायासै बाधा हुने र अवसर गुम्न सक्छ । तर कतिपय अवस्थामा मित्र र नाताका व्यक्तिको साथले धनवृद्धि र अवसर प्राप्ती समेत हुनसक्छ ।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिमा शनिको व्यक्ति सातको प्रभाव देखा परेमा मांगलिक कार्यको आयोजन हुनसक्छ । मानसिकतामा रचनात्मक तथा बौद्धिक कार्य गर्ने विचार आए पनि यसमा अपजस तथा अवरोध खेप्नुपर्छ । तर विस्तारै यो समस्या आफै हटेर जानेछ ।

धनु राशि

धनु राशिलाई शनिको व्यक्ति सातको प्रभावले खराब समाचार सुनाउन सक्छ । मेहनत अनुसारको फल पाउन सकिदैन । अरुले शंका गर्ने गर्दछन् । नसोचेको स्थानबाट पनि विवाद झेल्नु पर्ने हुनसक्छ । धनहानि हुन्छ । तर नियमित शनिदेवको आरधना गरे तुरुन्तै मुक्ति पाउन सकिन्छ ।

मकर राशि

व्यक्ति सातको प्रभावमा मकर राशिका व्यक्तिलाई केहि फाइदा हुनसक्छ । नाताका व्यक्तिबाट राम्रो सहयोग पाउन सकिन्छ । तर कुनै पनि ठुलो निर्णय लिनु पूर्व जोखिम अनुसार जानकार व्यक्तिबाट सहयोग वा सुझाव लिनु पर्दछ । अन्यथा राम्रो अवसर पनि गुमेर जानसक्छ ।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिमा शनिको सातको प्रभावले राम्रा व्यक्तिसँग भेट र सम्बन्ध बनाउने योग हुन्छ । यसले राम्रो आम्दानी हुने तथा मनोरञ्जनात्मक काममा साथ दिएमा पनि सफलता पाउने बेलामा भने खुट्टा तान्नेहरु सक्रिय बनाउने गर्दछ । तसर्थ शनिलाई प्रसन्न गराउनु आवश्यक हुन्छ ।

मीन राशि

मीन राशिका व्यक्तिमा शनिको सातको प्रभावले अप्रत्याशित लाभको अवसर जुराउँछ । तर लगातारको कामबाट हुने आर्थिक उन्नतिमा भने बाधा हुनसक्छ । भाग्य अनुकूलता नभएमा जस्तो मेहनत गरेमा पनि बनेको काम गुम्न सक्छ । तर मेहनत छाड्नु भने हुँदैन, पछि यसले लाभ दिन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : ५८ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन