गैरआवासीय नेपाली संघले आज नयाँ नेतृत्व चयन गर्दै « Khabarhub

गैरआवासीय नेपाली संघले आज नयाँ नेतृत्व चयन गर्दै


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को नवौं अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दैछ ।

नयाँ कार्यसमिति निर्वाचनको लागि गठित निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार आज उम्मेदवारी दर्ता, निर्वाचन देखि नतिजा घोषणासम्मको कार्यक्रम रहेको छ ।

बिहान साढे ८ बजे देखि १२ बजेसम्म क्षेत्रीय अध्यक्षहरुको रिपोर्ट पेस गर्ने, विधान संसोधन र साधारणसभाको निर्णय पढ्ने कार्यक्रम छ । त्यस्तै निर्वाचनका लागि उम्मेदवारी दर्ता, नामावली प्रकाशन लगायतका कार्यक्रम जारी रहनेछ । त्यसलगत्तै निर्वाचन सम्बन्धी कार्यक्रम अघि बढ्ने छ ।

यस्तो निर्वाचन तालिका

यसअघि निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन सम्बन्धि कार्यक्रम तालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता बिहान साढे १० बजेसम्म हुने र दर्ता सकिए लगत्तै उम्मेद्ववारको प्रथम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

उम्मेद्वारको मनोनयन उपर दावी/विरोध साढे ११ देखि साढे १२ बजेसम्म छ । आफ्नो नाम फिर्ता लिन इच्छुक उम्मेदवारले दिनको दिनको साढे १० बजेसम्म बजेसम्म लिन सक्नेछन् ।

दिनको २ बजे उम्मेद्ववारको अन्तिम नामावली प्रकाशन पछि दिउँसो ३ बजेदेखि साँझको ८ बजेसम्म निर्वाचन हुने कार्यक्रम छ ।

निर्वाचन सम्पन्न भएको १ घण्टा पश्चात मतगणना शुरु हुनेछ भने मतगणना सकिएपछि निर्वाचनको नतिजा घोषणा गर्ने कार्यक्रम जनाइएको छ । बिद्युतीय माध्यमबाट मतदानको प्रकृया सम्पन्न गरिने बताइएको छ ।

नयाँ कार्यसमितिका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : ३३ बजे

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार