नेकपा सचिवालय बैठक– संगठन विभागमा तीन जना थप « Khabarhub

नेकपा सचिवालय बैठक– संगठन विभागमा तीन जना थप


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संगठन विभागलाई विस्तार गर्ने निर्णय गरेको छ ।

बुधबार विहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभागमा तीन जना सदस्य थप गर्ने निर्णय गरेको हो ।

अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई संगठन विभागमा थप गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि संगठन विभागमा प्रमुखमा वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा चयन भएका थिए ।

त्यस्तै बैठकले आगामी उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन समेत दिएको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको रिक्त स्थानमा हुन लागेको निर्वाचनका लागि जिल्ला कमिटीसँग परामर्श गरि ३ जनाको नाम सिफारिस गरि कात्तिक १० गते भित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै स्थानीय तहको उम्मेदवारका लागि सम्बन्धित गाउँ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ११ : ०० बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा