नेकपा सचिवालय बैठक– संगठन विभागमा तीन जना थप | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक– संगठन विभागमा तीन जना थप


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संगठन विभागलाई विस्तार गर्ने निर्णय गरेको छ ।

बुधबार विहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभागमा तीन जना सदस्य थप गर्ने निर्णय गरेको हो ।

अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई संगठन विभागमा थप गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि संगठन विभागमा प्रमुखमा वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा चयन भएका थिए ।

त्यस्तै बैठकले आगामी उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन समेत दिएको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको रिक्त स्थानमा हुन लागेको निर्वाचनका लागि जिल्ला कमिटीसँग परामर्श गरि ३ जनाको नाम सिफारिस गरि कात्तिक १० गते भित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै स्थानीय तहको उम्मेदवारका लागि सम्बन्धित गाउँ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ११ : ०० बजे

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज– उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जान

पार्टीमा साहित्यकार र कलाकार भित्र्याउँदै प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रमा

यस्तो देखियो नेपाल–चीन सांस्कृतिक सम्मेलन (तस्बिरहरू)

काठमाडौं- नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा

एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु

काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शुक्रबार काठमाडौंमा