शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल गइन् राष्ट्रपति | Khabarhub Khabarhub

शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल गइन् राष्ट्रपति


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणकालागि म्यानमार प्रस्थान गरेकी छिन् ।

म्यानमार जानका लागि राष्ट्रपति भण्डारी शीतल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गएकी थिइन्।

नेपाली सेनाको एमआइ १७ हेलिकोप्टर चढेर उनी विमानस्थल पुगेकी हुन् ।

यसअघि राष्ट्रपतिको सवारीका कारण सर्वसाधारणले सास्ती व्यहोरेको भन्दै विरोध हुने गरेपछि उनी हेलिकोप्टर मार्फत विमानस्थल पुगेकी हुन् । राष्ट्रपतिको सवारीका क्रममा सडक खाली गरिने र सर्वसाधारणले सास्ती पाएको भन्दै विरोध हुने गरेको थियो ।

‘सर्वसाधारणलाई सवारीका कारण सास्ती नहोस् भन्नका लागि हेलिकोप्टरको प्रयोग गरिएको’ शीलत निवास स्रोतले जानकारी दियो ।

म्यान्मार भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछन् ।

राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् । म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नुका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ । यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछिन् ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्माको राजधानी नेपित पुग्नेछ ।

नेपालसँग म्यान्माको सम्बन्ध १५० वर्ष पुरानो छ । बौद्धधर्मले दुवै देशलाई अझै निकट बनाएको छ । दुई देशबीच सन् १९६० मार्च १९ (विसं २०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

तत्कालीन राजा महेन्द्रले विसं २०२६ तथा राजा वीरेन्द्रले २०३६ र प्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७० फागुन २० (सन् २०१४ मार्च ४) मा भएको बिम्स्टेक सम्मेलनका बेला ‘स्वर्णभूमि’मा प्रधानमन्त्रीस्तरमा भ्रमण भएदेखि नेपालबाट उच्चस्तरको भ्रमण भएको छैन ।

सन् १९८९ अघि बर्मा नाम रहेको म्यान्माको राजधानी सन् २००६ देखि यङ्गोनबाट नेपित सारिएको हो । तत्कालीन राष्ट्रपति ने वीनले सन् १९६६(२०२३ तिर ) र १९७७ ( २०३४ तिर ) तथा प्रधानमन्त्री ऊ सेन विङले सन् १९७५(विसं २०३२ तिर) मा नेपाल भ्रमण गरेका थिए । प्रजातन्त्रवादी नेत्री तथा धम्मावती गुरुमाकी चेली आङ सान सु चीले बेलाबेला नेपाल भ्रमण गरेकी छिन् ।

दुई देशबीच राजनीतिक, कूटनीतिक, सांस्कृतिक तहबाट भ्रमणको आदानप्रदान भइरहेको छ । सन् २०१६/०१७ मा करीब २५ हजार म्यान्मालीले नेपाल भ्रमण गरेका थिए । अठासी प्रतिशत बौद्ध धर्मावलम्बी भएको म्यान्माले लुम्बिनीमा एक पेगोडा र गुम्बा निर्माण गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ११ : २२ बजे

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा