म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई थाइल्याण्डको बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलमा राजदूत गणेशप्रसाद ढकालले स्वागत गरेका छन् ।
राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी छन् ।
राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमण गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया