एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न अस्पताल पुगे पारस « Khabarhub

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न अस्पताल पुगे पारस


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालसहितको नेपाली क्रिकेटरको टोलीले एसिड आक्रमडमा परेकि मुस्कान खातुनलाई भेट्न अस्पताल पुगेका छन् ।

किर्तिपुर अस्पतालमा उपचाररत खातुनलाई भेट्न प्रशिक्षक पटवालसँगै क्रिकेटर पासर खड्का, सोमपाल कामी, अभिनास बोहरासहितको टोली पुगेको थियो ।

मंगलबारमात्रै राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका खड्काले सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर सार्वजनिक गर्दै मुस्कान सबैका लागि प्रेरणाकि श्रोत भएको बताए ।

भगवानले मुस्कानलाई अगाडि बढ्ने सहाससँगै जीवनमा खुसी देओस् भन्दै पारसले कामना समेत गरेका छन् ।

उनले एसिड आक्रमण जस्तो जघन्य अपराध गर्नेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुनु पर्ने बताएका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ६ गणेशमान चोकमा भदौ २० गते विहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । एसिड आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ४ : ०७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण