एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न अस्पताल पुगे पारस « Khabarhub

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न अस्पताल पुगे पारस


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालसहितको नेपाली क्रिकेटरको टोलीले एसिड आक्रमडमा परेकि मुस्कान खातुनलाई भेट्न अस्पताल पुगेका छन् ।

किर्तिपुर अस्पतालमा उपचाररत खातुनलाई भेट्न प्रशिक्षक पटवालसँगै क्रिकेटर पासर खड्का, सोमपाल कामी, अभिनास बोहरासहितको टोली पुगेको थियो ।

मंगलबारमात्रै राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका खड्काले सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर सार्वजनिक गर्दै मुस्कान सबैका लागि प्रेरणाकि श्रोत भएको बताए ।

भगवानले मुस्कानलाई अगाडि बढ्ने सहाससँगै जीवनमा खुसी देओस् भन्दै पारसले कामना समेत गरेका छन् ।

उनले एसिड आक्रमण जस्तो जघन्य अपराध गर्नेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुनु पर्ने बताएका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ६ गणेशमान चोकमा भदौ २० गते विहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । एसिड आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ४ : ०७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको