सरकारले विकासमा जोड दिनुपर्छ– नेता नेपाल « Khabarhub

सरकारले विकासमा जोड दिनुपर्छ– नेता नेपाल


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर सरकारले विकासमा जोड दिनुपर्ने बताएका छन् ।

पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि संसारको अनुभव लिएर अगाडि बढनुपर्नेमा जोड दिए । नेता नेपालले कृषि क्षेत्रको विकासले समग्र देशको विकासमा प्रभाव पार्ने हुँदा यसको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने बताए ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले जलविद्युत् क्षेत्रको विकासमा गरिने लगानीले दीर्घकालमा राम्रो प्रतिफल प्राप्त हुने बताउँदै प्राकृतिक सौन्दर्य, पर्वतारोहणका क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटनको अभिवृद्धि गर्न सकिने हुँदा त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ४ : १३ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी