मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओसहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओसहित पाँच जना पक्राउ


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा निदान अस्पतालबाट पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं २६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा राजेश पन्त, रामेछाप दोरम्बा ३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका ९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले रहेको प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताए ।

अस्पतालका सीइओ प्रधान, अस्पतालका लिगल अफिसर भट्टराई, अस्पतालका डाक्टर पन्त र जिल्ला प्रसासन कार्यलय ललितपुरका शाखा अधिकृत  आलेको मिलेमतोमा मिर्गौला फेल भएका रामेछापका  लामाले मिर्गौला ग्रहण गरेका थिए ।

पक्राउ परेका उनीहरुलाई मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन अनुसार अनुसन्धान र कारबाही हुने प्रहरीले जनाएको छ ।

के छ कानुनी व्यवस्था ?
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानिसको अङ्ग झिक्ने कार्यलाई मानव बेचविखन र ओसारपासर गरेको मानिने उल्लेख गरिएको छ ।
सोही एनेको परिच्छेद ४ मा दण्ड सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थामा भनिएको छ, ‘प्रचलित कानून बमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने’उल्लेख गरीएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ५ : ०४ बजे

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त