इन्धनको मूल्य बृद्धिको विरोधमा जारी प्रदर्शनमा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

इन्धनको मूल्य बृद्धिको विरोधमा जारी प्रदर्शनमा ६ जनाको मृत्यु


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्विटो– इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा करिब १० दिन अघिबाट शुरु भएको हिंसात्मक झडपमा परी ६ जनाो मृत्यु भएको छ । प्रदर्शनको क्रममा १ हजार ५ सय ७ जना घाइते भएका छन्स ।

यस प्रदर्शनको क्रममा १ हजार ३३० व्यक्ति पक्राउ परेका गृह मन्त्री मारिया पउला रोमोले बताएका छन् ।

गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गरेका थिए । जसका कारण १२३ प्रतिशतसम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो ।

यो उपाय अन्तरर्राष्ट्रिय मुद्रा कोषमा सहमति भएका सुधारमध्येको एक हो । जसले इक्वेडरलाई ४.२ अर्ब डलर ऋण लिन मद्दत पुर्‍याउँछ ।

सरकारी मुख्यालयनजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिले प्रदर्शन जारी राखेका थिए ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनो आइतबार प्रदर्शन नेताहरुसंग धेरै घण्टासम्म बैठकपछि सरकारले नयाँ अनुदान योजनामा काम गर्ने दुबै पक्ष सहमत भएका थिए ।

यस विरोध प्रदर्शनको क्रममा पक्राउ परेकामा ५७ जना विदेशी नागरिकहरू रहेका जसमध्ये धेरैलाई २४ घण्टा भित्र रिहा गरिएको मन्त्रीले जानकारी दिनु भएको थियो ।

प्रदर्शनपछि १ हजार ५०७ जना सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार गरेका बताइएको छ । ती मध्ये ४ सय ३५ जना प्रहरी अधिकारीहरू समेत रहेका जनाइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ५ : २८ बजे

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरणको काम सकियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

पर्सा – जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६

अफ्रिकाबाट दुई करोड ७५ लाख मानिस विस्थापित

एजेन्सी – सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित

हिमालय होटलमा १२ घण्टा ! न सरकार पछि हट्यो, न आन्दोलन रोकियो

काठमाडौं– पूर्वी नेपालतिर एउटा आहान छ, ‘इयाँली–बियाँली दिन गुमाई, जूनेली

आजका समाचार : आए बेलायती राजकुमार, कांग्रेसले सभापतिहरूलाई पढाउँदै र फेरि मारिए इजरायली सैनिक

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका