विश्वकप छनोटका लागि उत्तर र दक्षिण कोरियाबीच अनौठो फुटबल खेल ! « Khabarhub

विश्वकप छनोटका लागि उत्तर र दक्षिण कोरियाबीच अनौठो फुटबल खेल !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –उत्तर र दक्षिण कोरियाबीचको फुटबल अनौठो किसिमले खेलिएको समाचारहरु सार्वजनिक भएका छन् ।

फिफा विश्वकप कतार २०२२ र एएफसी एसिया कप चीन(२०२३ को एसियाली दोस्रो चरणको छनोट अन्तर्गत २८ असोज मा भएको खेल अनौठो तरिकाले सकिएको हो ।

विश्वको लोकप्रिय खेल फुटबलका हजारौं समर्थक हुने गरेका छन् । त्यसमा पनि दुई राष्ट्रबीचको प्रतिस्पर्धामा त झनै रंगशाला भरीभराउन हुने गरेको छ । तर उत्तर र दक्षिण कोरियाबीचको फुटबल प्रतियोगिता भने अनौठोसँग सकिएको छ ।

दुई कोरियाबीच तिक्ततापूर्ण सम्बन्ध जारी रहेको बेलामा खेलिएको खेल दुई तर्फका खेलाडी, म्याच अफिसियल र फिफाका अध्यक्षमात्र सहभागी भएका थिए ।

९० मिनेटको खेल सकिएपछि एकैपटक नजिता सार्वजनिक गरिएको थियो ।

दुई देशबीचको प्रतिस्पर्धा उत्तर कोरियाको रंगशाला खाली रहँदै खेल सकिएको थियो । त्यहाँ कुनै फुटबल प्रशंसक नआएका होइनन् । खेलका दौरान कसैलाई पनि रंगशाला प्रवेशमा अनुमति नदिइएका कारण खाली रंगशालामा विश्वकप छनोटको खेल सकियो ।

मैदानमा दुवै टोलीका खेलाडी र अफिसियल बाहेक कसैले पनि रंगशालामा प्रवेश पाएनन् । अझ भनौं उत्तर कोरियाका सरकारी सञ्चार माध्यमका पत्रकारहरुबाहेक अन्यले पनि त्यस खेलम हेर्न पाएनन् ।

रंगशाला पूरा खाली रहँदा फिफा अध्यक्ष गिएनी इन्फान्टिनोले भने उक्त खेल स्टेडियममा पुगेरै हेरेका थिए ।

प्योङयाङमा भएको खेलमा दुवै राष्ट्रको राष्ट्रिय गान बजाउँदै शुरु भएको थियो । तर खेलको नजिता भने एकै चोटी खेलसकिएपछि मात्रै सार्वजनिक भयो ।

खेलमा दुबै तर्फबाट गोल हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । खेलमा दक्षिण कोरियाली पत्रकारलाई पनि जाने अनुमति थिएन । कसैले पनि खेलको तस्वीर खिच्न नपाउने गराइएको थियो ।

पूर्वसहमति अनुसार खेलसकिएपछि मात्र दक्षिणले फोटो र भिडियो पाउने सहमति भएको थियो ।

तर, उत्तरले फोटो र भिडियोमा प्राविधिक चेक जाँच गर्नु परेका कारण समय लागेको बताएको छ । दक्षिण कोरियाले खेलका फोटो र भिडियो टोली दक्षिण कोरिया पुगेपछिमात्र प्राप्त गरेको थियो ।

यसअघि उत्तर र दक्षिणले विश्वकप छनोट अन्तरगत कै खेलमा १० वर्ष अगाडि खेलेको थियो । सिउलमा भएको उक्त खेल उत्तरले १–० गोल अन्तरले गुमाएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ५ : २८ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा