ज्यान मुद्दामा नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी | Khabarhub Khabarhub

ज्यान मुद्दामा नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका दोलखाका सांसद गुरुङलाई ज्यान मार्ने मुद्दा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो ।

गुरुङको नाममा जारी भएको पक्राउ पुर्जी गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले बुझेका थिए ।

वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।

सांसद गुरुङविरुद्ध खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए ।

सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ ।

काठमाडौं जिल्ला अदालतको पेशी विवरण

सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो ।

त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । गुरुङ मंसिर ०७४ मा दोलखाबाट संघीय संसद्‍मा सबैभन्दा धेरै मत पाएर विजयी भएका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ५ : ४९ बजे

समीरको ६० फिट अग्लो पोस्टर सार्वजनिक गर्दै ‘बलिदान’को प्रचार सुरू

काठमाडौं – नायक समीर भट्टलाई एकल प्रस्तुत गरी ‘बलिदान’ निर्माण

उपप्रमुख डंगोलले भनिन् : विश्वास गर्ने, सपना देख्ने र आशावादी मात्रै सफल हुन्छन्

काठमाडौं- काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोलको विश्वास गर्ने, सपना देख्ने

संविधानको सुरक्षाका लागि काम गरिरहेका छौँ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको

एमाले पोलिटब्युरो बैठक जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्ने

गाजाको चर्चमा भएको विस्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजा पट्टीको चर्चमा भएको