अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको उपाधि एपीएफलाई « Khabarhub

अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको उपाधि एपीएफलाई


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिताको टिम इभेन्टतर्फको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितको छ ।

पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट शुरु भएको २२ किमी दौड, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ चार घन्टा १७ मिनेट २७ सेकेण्डमा पूरा गरी एपीएफ टिमका सन्देश विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङको जोडीले उपाधि जितेको हो ।

त्यसैगरी गरिल्ला टिमका दुर्गाराज बुढा, दामोदर बुढामगर र रशिला तामाङको जोडीले निर्धारित दूरी चार घण्टा १८ मिनेट २३ सेकेण्डमा पूरा गरी दोस्रो बन्न सफल भए । चीनको द के टिमका च्याङ इ झेन, पाङ यु सू र लाई यु जोनको जोडीले निर्धारित चार घण्टा २४ मिनेट ३३ सेकेण्डमा पूरा गरी तृतीय बने ।

त्यसैगरी व्यक्तिगत प्रतिष्पर्धातर्फ चीनका ज्याङ जी तीन घण्टा ३९ मिनेट २७ सेकेण्डमा दूरी पार गरी पहिलो बने । चीनकै च्याङ थीङ तीन घण्टा ५० मिनेट १२ सेकेण्ड तथा झ्वा जुआङ वाङ चार घण्टा १० मिनेट दुई सेकेन्डमा दूरी पूरा गरी द्वितीय र तृतीय बने ।

पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियसन(केएमइए)ले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन् । टिम इभेन्टमा २७ तथा व्यक्तिगतमा २६ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले बताए ।

नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउने उद्देश्यले प्रतियोगिताले आयोजना गरिएको बताइएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।  पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पर्यटकीय शहर पोखरामा खेलकूदका माध्यमबाट समेत पर्यटक आकर्षित गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ७ : २६ बजे

पहिलो महाधिवेशनअघि नै रास्वपामा गुटबन्दी

काठमाडौं- दुई सातापछि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको

‘सुधन गुरूङ हिरासतभित्रै छिरेर हप्कीदप्की गरे, सरकारविरुद्ध नबोल्न धम्की दिए’

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले भारतीय दूतावासनजिक शान्तिपूर्ण रूपमा पम्पलेट

सत्र लाख ३० हजार बराबरका मोटरसाइकल बरामद

अत्तरिया– प्रहरीले कैलालीका विभिन्न स्थानबाट १७ लाख ३० हजार बराबरका

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र संकटमा

झापा– प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक