नेपाल–युएईबीच भएको श्रम समझदारीलाई मुर्तरुप दिने प्रयास « Khabarhub

नेपाल–युएईबीच भएको श्रम समझदारीलाई मुर्तरुप दिने प्रयास


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयु) लाई मूर्तरुप दिन आगामी नोभेम्बर पहिलो साता दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को बैठक काठमाडौँमा बस्ने भएको छ ।

आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन युएई पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार उक्त बैठक बस्ने टुङ्गो लागेको हो ।

समझदारीपत्रको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषय दुई देशका प्रतिनिधि संलग्न संयुक्त बैठकबाट तय गरिने एमओयुमा उल्लेख थियो ।

संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिने विश्वास गरिएको छ । यससँगै नेपाली कामदारले नयाँ समझदारीको भावनाअनुसार सेवासुविधा प्राप्त गर्नेछन् ।

सन् २००७ पछि श्रम आप्रवासनका क्षेत्रका मूलभूत मान्यता र सिद्धान्तमा आएको परिवर्तनलाई आत्मसात् गरी त्यसअघिको समझदारीलाई समयानुकूल बनाउन नेपाल र युएईबीच गत जेठ ३१ गते नयाँ श्रम समझदारी भएको थियो ।

समझदारीमा कामदारको छनोट÷भर्नाका सन्दर्भमा लाग्ने सबै लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने मान्यतालाई स्थापित गरिएको छ । रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने, कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातावरण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने विषयलाई समझदारीले सुनिश्चित गरेको छ ।

युएई नेपाली श्रमिकको आकर्षक गन्तव्यका रुपमा रहेको छ । युएई नेपालको चौथो प्रमुख गन्तव्य मुलुक हो । हाल वार्षिक ५० हजार भन्दाबढी नेपाली श्रमिक रोजगारीको खोजीमा युएई जाने गरेका छन् ।

बैठकमा युएईमा कार्यरत नेपालीको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्ने विषयका साथै युएईमा आउने नेपाली कामदारको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा उनीहरुबीच छलफल भएको थियो ।

बैठकमा श्रम मन्त्रालयका सचिव विनोद केसी, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललगायत सहभागी भएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

आजदेखि युएईमा शुरु भएको अबुधाबी डाइलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा भाग लिन मन्त्री विष्ट तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : २१ बजे

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन

गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु

काठमाडौं – कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित