नेपाल–युएईबीच भएको श्रम समझदारीलाई मुर्तरुप दिने प्रयास | Khabarhub Khabarhub

नेपाल–युएईबीच भएको श्रम समझदारीलाई मुर्तरुप दिने प्रयास


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयु) लाई मूर्तरुप दिन आगामी नोभेम्बर पहिलो साता दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को बैठक काठमाडौँमा बस्ने भएको छ ।

आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन युएई पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार उक्त बैठक बस्ने टुङ्गो लागेको हो ।

समझदारीपत्रको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषय दुई देशका प्रतिनिधि संलग्न संयुक्त बैठकबाट तय गरिने एमओयुमा उल्लेख थियो ।

संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिने विश्वास गरिएको छ । यससँगै नेपाली कामदारले नयाँ समझदारीको भावनाअनुसार सेवासुविधा प्राप्त गर्नेछन् ।

सन् २००७ पछि श्रम आप्रवासनका क्षेत्रका मूलभूत मान्यता र सिद्धान्तमा आएको परिवर्तनलाई आत्मसात् गरी त्यसअघिको समझदारीलाई समयानुकूल बनाउन नेपाल र युएईबीच गत जेठ ३१ गते नयाँ श्रम समझदारी भएको थियो ।

समझदारीमा कामदारको छनोट÷भर्नाका सन्दर्भमा लाग्ने सबै लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने मान्यतालाई स्थापित गरिएको छ । रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने, कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातावरण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने विषयलाई समझदारीले सुनिश्चित गरेको छ ।

युएई नेपाली श्रमिकको आकर्षक गन्तव्यका रुपमा रहेको छ । युएई नेपालको चौथो प्रमुख गन्तव्य मुलुक हो । हाल वार्षिक ५० हजार भन्दाबढी नेपाली श्रमिक रोजगारीको खोजीमा युएई जाने गरेका छन् ।

बैठकमा युएईमा कार्यरत नेपालीको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्ने विषयका साथै युएईमा आउने नेपाली कामदारको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा उनीहरुबीच छलफल भएको थियो ।

बैठकमा श्रम मन्त्रालयका सचिव विनोद केसी, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललगायत सहभागी भएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

आजदेखि युएईमा शुरु भएको अबुधाबी डाइलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा भाग लिन मन्त्री विष्ट तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : २१ बजे

भ्रष्टाचार छानबिन गर्न माग गर्दै दलबलसहित अख्तियार पुग्यो राप्रपा (तस्बिरहरू)

काठमाडौं– भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग

ज्ञानेन्द्र र कुलमानलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ दिइने

काठमाडौं- यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ नेपालका ज्ञानेन्द्र शाही र

विद्यार्थीलाई उपप्रधानमन्त्री सिंहको सुझाव : जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस्

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य

न्याय सम्पादनलाई चुस्त बनाउने प्रयास गर्छौँ : महान्यायाधिवक्ता बडाल

काठमाडौं– सरकारको कानुनी सल्लाहकारका रूपमा महान्यायाधिवक्ता रमेश बडालको नियुक्ति भएको

कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमै सक्नेगरी पहल गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको