गर्भवतीको हेलिकोप्टरबाट उद्धार | Khabarhub Khabarhub

गर्भवतीको हेलिकोप्टरबाट उद्धार


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो ।

बुधबार नै प्रसूति व्यथाले थलिएको गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भएपनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीयवासी आङबहादुर लामाले जानकारी दिए ।

महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।

गर्भवती गुरुङलाई काठमाडौँ लगिएको र शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली प्रसूति गृहले जानकारी दिएको छ ।

स्वास्थ्य चौकी पनि नजीकै नरहेको र आमा र बच्चाको स्वास्थ्य अवस्था कमजोर रहेकाले डोल्पामा प्रसूति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि गुरुङलाई काठमाडौं लगिएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : ४३ बजे

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको

‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पूर्वघोषित आन्दोलनका कार्यक्रम

लुम्बिनीमा योग दिवस सम्पन्न, पाँच सयभन्दा बढी सहभागी

लुम्बिनी- लुम्बिनीमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न, भारतीय

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरूमा