हङकङविरुद्ध शरदको अर्धशतक पूरा « Khabarhub

हङकङविरुद्ध शरदको अर्धशतक पूरा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरले एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा हङकङविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात पाएपनि शरदले ९२ बलमा अर्धशतक पूरा गर्दै इनिङ सम्हालेका छन् । उनले यसक्रममा ५ चौका प्रहार गरेका छन् । एक समय तेस्रो ओभरमा ३-२ को दयनीय अवस्थामा रहेको नेपाललाई शरद र दीपेन्द्रसिंह ऐरीको तेस्रो विकेटको साझेदारीले उकासेको थियो । नेपालले दुवै ओपनरलाई विपक्षी कप्तान एजाज खानको बलिङमा गुमाएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा एजाजकै हातबाट क्याचआउट हुन पुगेका थिए । लगातार दोस्रो खेलमा दोस्रो बलमा आउट भएका ज्ञानेन्द्रले यस खेलमा पनि खाता खोल्न सकेनन् । उनी यसअघि भारतविरुद्ध पनि दोस्रो बलमा बोल्ड भएका थिए । एजाजको दोस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल बोल्ड भए । त्यसपछि दीपेन्द्र र शरदले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरेका थिए ।

तेस्रो विकेटका लागि दीपेन्द्र र शरदले ८३ रनको साझेदारी गरे । दिपेन्द्रले ६७ बलमा ३ चौका प्रहार गर्दै ३७ रन जोडे । उनी २३ औं ओभरको पाँचौ बलमा अफताब होसेनको बलमा स्टम्पिङ आउट भएका थिए । दीपेन्द्र ब्याटिङ गर्ने क्रममा केहि अगाडी बढ्द अफताबले वाइड बल फ्याँकेपछि विकेटकिपर शहिद वासिफले उनलाई स्टम्पिङ आउट गरेका थिए ।

क्रिजमा अहिले आरिफ शेख र शरद भेषावकर खेलिरहेका छन् । खेलको ३५ ओभर सकिंदा नेपालले ३ विकेटको क्षतिमा १ सय ३६ रन जोडेको छ । शरद ५७ रनमा छन् भने आरिफले २६ रन जोडेका छन् । यी दुईले चौथो विकेटका लागि ५० रनको साझेदारी पूरा गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : ०८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण