नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड « Khabarhub

नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

बैंकको ८३औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा लक्ष्य प्राप्तिमा कठिनाई नहुने बताए ।

उनले भने, “लामो समयसम्म ऋणात्मक पूँजी कोष र उच्च खराब कर्जा अनुपातका कारण सङ्कटग्रस्त अवस्थामा पुगेको नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनपछि अहिलेको अवस्थामा आइपुगेको हो, हाल सन्तोषजनक मुनाफा, धनात्मक पूँजीकोष, खराब कर्जाको अनुपातमा कमीले बैंकको गुमेको साख फर्किएको छ ।”

जनताको निक्षेपमा खेलबाड नगर्न निर्देशन दिँदै उनले नियामक निकायलाई पनि गम्भीर भएर काम गर्न अनुरोध गरे । उनले कर्मचारीको उत्पादकत्व वृद्धि, प्राविधिक जोखिम घटाउने तथा उच्च व्यावसायिक नैतिकता देखाउँदै अर्थतन्त्रको विस्तारमा योगदान गर्न आह्वान गरे ।

मन्त्री खतिवडाले नेपाल बैंक सङ्ग्रहालय, देशका विभिन्न भागमा स्थापना भएका १८ वटा शाखा र दुई वटा ‘एक्स्टेन्सन काउन्टर’को दूरनियन्त्रणा प्रणालीबाट उद्घाटन गर्नाका साथै बैंकमा दीर्घसेवा गरेका कर्मचारी, विभिन्न प्रतियोगिताका विजयी खेलाडीलगायतलाई पदक, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले संस्थागत सुशासनमा कडाइ गर्न, कर्जा प्रवाह वृद्धि गर्दै रोजगारीका अवसर सिर्जनामा ग्रामीण भेगका जनतालाई मद्दत गर्न नेपाल बैंक अग्रणी भूमिकामा रहनुपर्ने सुझाव दिँदै वित्तीय पहुँच नपुगेका स्थानमा सेवा पुर्‍याउन अनुरोध गरे ।

उनले निष्क्रिय कर्जाको अनुपात अझ घटाउने, निक्षेपको ब्याजदर बढाउने र कर्जाको ब्याज कमभन्दा कम गर्नेतर्फ बैंक लाग्नुपर्ने सुझाव दिँदै सीपयुक्त दक्ष जनशक्तिबाटै बैंकले वित्तीय प्रगतिमा फड्को मार्न सक्ने बताए ।

बैंकका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकका प्रगति विवरण प्रस्तुत गर्दै देशको औद्योगिक, व्यापारिक एवं आर्थिक वृद्धिमा सहयोग गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : ०६ बजे

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक