चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड प्रदान « Khabarhub

चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड प्रदान


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ ।

भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतका संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हाद सिंह पटेल र पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गरेका हुन् ।

सोही कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङ्गेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो ।

भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

ती संस्थाहरुले हरेक वर्ष दक्षिण एसियाली देशका सेवा क्षेत्रमा कार्यरत होटल, रिसोर्ट, हवाई सेवालगायतका विभिन्न पर्यटकीय संस्थाहरुलाई यो अवार्ड प्रदान गर्ने गर्दछन् ।

पुरस्कार प्राप्त गरेपछि खुशी व्यक्त गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक ढकालले यो अवार्ड चन्द्रागिरि हिल्सले मात्र नभएर नेपालको सिंगो पर्यटन क्षेत्रले नै प्राप्त गरेको बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : २९ बजे

सरकारप्रतिको आशा निराशामा बद्लिँदै गयो

काठमाडौं– जेन-जी आन्दोलनमार्फत जनताले पोखेको आक्रोश र निर्वाचनको परिणामार्फत राखेको

क्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी

किभ– युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका

होल्डिङ सेन्टरका विद्यार्थीका लागि विद्यालय आवतजावत गर्न बस सेवा सञ्चालन

काठमाडौं- सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने

प्रियंकाको ‘डर्टी ट्रयाक्स’ : आयुष्मानसँग ठुम्का मात्रै, दुर्गेशसँग बोल्ड स्टेप

काठमाडौं – नायिका प्रियंका कार्कीको फिल्म रिलिज हल्का फुल्का फन्डा

बाढीपहिरोले आठ राजमार्ग अवरुद्ध

काठमाडौं– मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग