प्याजको मूल्य प्रतिकिलो २०० रुपैयाँ पुग्यो « Khabarhub

प्याजको मूल्य प्रतिकिलो २०० रुपैयाँ पुग्यो


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ ।

प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ ।

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिए ।

प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ । प्रतिकिलो रु ५० मा बिक्री भइरहेको प्याज एक्कासी रु २०० पुगेको स्थानीयवासी इन्दिरा ताम्राकार बताए ।

भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीहरुले बताउँदै आएका छन् । भारतमा ढिलो गरी शुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको देखिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : ४९ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा