विदेशबाट ल्याउँदा यी सामानमा लाग्दैन भन्सार « Khabarhub

विदेशबाट ल्याउँदा यी सामानमा लाग्दैन भन्सार


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले २०७६ साल जेठ १५ गतेदेखि लागू हुने गरी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुको भन्सार सम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार तोकिएको परिमाणमा वस्तुहरु ल्याउन वा लैजान सकिन्छ । विदेशबाट फर्केका नेपाली यात्रुले ल्याउने व्यक्तिगत प्रयोजनका सामानहरुमा भन्सार महसुल पूर्ण छुट पाउनेछन् ।

लुगाफाटा, औषधी, अशक्त यात्रुका सहाराको लागि प्रयोग हुने सामान, ५० ग्रामसम्म सुन, एकलाख रुपैयाँसम्म मुल्य पर्ने सुन वा हिराजडित गहना, कम्प्युटरजन्य सामग्री एकएक थान, ७ किलोसम्म खाद्य परिकार र १ लिटरसम्म मदिरा ल्याउन ल्याउँदा भन्सार दस्तुर तिर्नुपर्दैन ।

यी सामान तोकिएको परिमाणभन्दा बढी ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसोबास गरेको मुलुक आदिको आधारमा भन्सार महसुल सम्बन्धी निर्णय हुने व्यवस्था छ ।

सिमानामा ओहोरदोहोर गर्ने व्यक्तिलाई भने उल्लेखित कुनै पनि सुविधा दिइने छैन ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : २८ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको