आइसल्याण्ड पिक आरोहण गरी फर्केका पर्यटकको लडेर मृत्यु | Khabarhub Khabarhub

आइसल्याण्ड पिक आरोहण गरी फर्केका पर्यटकको लडेर मृत्यु


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ ।

डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

उनीसहित ११ जनाको समूहमा आरोही पुटलोज इन द हिमालयन प्रालिमार्फत खुम्बु आएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : ४७ बजे

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेसी प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदन

प्रि ओपन सेसन : २ अंक बढीले घट्यो नेप्से

काठमाडौं– प्रि सेसन अवधिमा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

शिक्षा उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासङ्घको आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले

विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को