चिसोमा पनि हुन्छ छाला सुख्खा ? यसरी गर्नुस् हेरचाह « Khabarhub

चिसोमा पनि हुन्छ छाला सुख्खा ? यसरी गर्नुस् हेरचाह


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा धेरै मानिसमा छाला सुख्खा हुने समस्या हुन्छ । जाडो मौसमा छालाका लागि उपयुक्त मौसम होइन । त्यसैले जाडोको समयमा छालाको विशेष केयर गर्नुपर्छ । चिसोका कारण ओठ, मुख र शरीर सुख्खा हुन्छ । सुख्खा छालामा छालासम्बन्धि रोगहरु बल्झिन्छ ।

हाम्रो शरीरिको तापक्रम भन्दा बाहिरी वातावरणको तापक्रम कम भएका वातावरणले  शरीरको ताप तान्न थाल्छ । जसले गर्दा हाम्रो शरीरबाट बानीको मात्रा कम हुन्छ र छाला सुख्खा हुने समस्या देखिन्छ । चिसोको समयमा विशेषगरी आनुहार हात खुट्टा लगायत कपडा प्रयोग नभएको भागको छाला सुख्खा हुन्छ ।

यस्तै केही व्यक्तिमा भने वंशागुगत वा जन्मजात छाला सुख्खा हुने समस्या पनि हुन्छ । एलर्जी, दम, थाइराइडका बिरामी हर्कोनको समस्या भिटामिन डी र ईको कमी भएका व्यक्तिमा छाला सुख्खा हुन्छ ।

छाला सुख्खा हुने कारण

– साबुनको धेरै प्रयोग गर्दा छाला फुट्ने समस्या बढ्छ,

–धेरै तातोपानीले नुहाउँदा,

–ब्लड प्रेसरको औषधि सेवा गर्नेहरुमा छाला सुख्खा हुने समस्या हुन्छ,

–सुगरको औषधि सेवन गर्ने व्यक्तिमा छाला सुख्खा हुने समस्या हुन्छ,

कसरी गर्ने केयर ?

–जाडो मौसम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउने,

– खानपानमा विशेष ध्यान दिने,

–प्रशस्त पानी पीउने,

–छालामा टाँसिने गरी सुतीको कपडा प्रयोग गर्ने,

–धेरै तातो पानीले ननुहाउने,

–एक बाल्टी मनतातो पानीमा दुइचम्चा नुन राखेर नुहाने । यस्तो गर्दा छाला सुख्खा हुन पाउँदैन,

–हातमुख धुदा वा नुहाउँदा कडा खालको साबुन प्रयोग नगर्ने,

–नुहाएपछि तेल वा मोस्चराइजर लगाउने,

– छाला धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने त्यसपछि तेल लगाउने,

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : ०७ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय