चार महिनामा उठ्यो १ खर्ब ४ अर्ब राजस्व « Khabarhub

चार महिनामा उठ्यो १ खर्ब ४ अर्ब राजस्व


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चौमासिक कात्तिक मसान्तसम्ममा कुल १ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

राजस्व रकम शुक्रबारसम्म संकलन भएको हो । चालू आवमा कुल ५ खर्ब ६ अर्ब राजस्व संकलन गर्ने अख्तियारी पाएको आन्तरिक राजस्व विभागले चालू आवको बितेका चार महिनाको अवधीमा २३ प्रतिशतले राजस्व वृद्धि गरेको जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले चालू आवको बितेका चार महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताएका हुन् । उनले यस अवधिमा अपेक्षाकृत रूपमा राजस्व उठेको दाबी गरे ।

कुल ग्राहस्थ उत्पादन (जीडपिी) सँग तुलना गर्दा आन्तरिक राजस्वको योगदान २१.९१ प्रतिशत रहेको जानकारी गराउँदै उनले गत आवको सोही अवधिको तुलनामा औसत राजस्व वृद्धिदर २३ प्रतिशत रहेको बताए ।

यसैगरी, उनले आइतबारदेखि सुरु हुने सप्ताहव्यापी ‘आठौं राष्ट्रिय कर दिवस–२०७६’ को अवसरमा सरकारले विद्युतीय माध्यमबाट कर भुक्तानी गर्नेे व्यक्ति वा व्यवसायीलाई १० प्रतिशत रकम सम्बन्धित व्यक्तिको खातामा सोझै फिर्ता गर्ने व्यवस्था गरिएको पनि जानकारी गराए ।

उनले करदातालाई थप आकर्षित बनाउन सरकारले यस्तो व्यवस्था मिलाएको बताए । कुनै पनि करदाताले विद्युतीय माध्यमबाट कर बुझाएमा १० प्रतिशत रकम सोझै करदाताको खातामा जाने व्यवस्था भएको जानकारी गराउँदै विभागका महानिर्देशक कुँवरले भने, ‘कार्डबाहेक चेक, ड्राफ्ट वा अन्य विद्युतीय माध्यमबाट कर भुक्तानी गर्नेले यो सुविधा पाउनेछन् ।’

यसैगरी, विभागले १० लाख रुपैयाँभन्दा बढीको कर भुक्तानी नगदमा नहुनेसमेत जानकारी गराएको छ । त्यसैगरी, लगातार चार महिनासम्म मिलान गरेर बाँकी रहेको रकम दर्ता रहेको व्यक्तिले एकमुष्ठ फिर्ता लैजानसमेत पाउने व्यवस्था गरेको छ ।

विभागका अनुसार यस्तो सुविधा लिन करदाताले निवेदन भने दिनुपर्ने हुन्छ । आगामी पुस मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) लिई मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भए आव २०७५/७६ भन्दा अघिको कुनै पनि किसिमको कर बुझाउनु नपर्ने व्यवस्थासमेत गरिएको विभागले जनाएको छ ।

यस अवधिसम्म कुनै पनि व्यक्ति वा व्यवसायी मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भए सो आय वर्षभन्दा अघिको कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउनुनपर्ने व्यवस्था गरिएको समेत महानिर्देशक कुँवरले जानकारी दिए ।

विभागका महानिर्देशक कुँवरले नवीनतम सोच, सीप, उद्यमशीलता र प्रविधिको उपयोग गरी शुरु गरिएका व्यक्ति तथा व्यवसायीलाई करको दायरामा ल्याउन यस्तो सुविधा दिइएको बताए ।

विभागले भ्याट लागू भएको मिति १ मंसिरको दिनलाई हरेक वर्ष राष्ट्रिय कर दिवसको रूपमा मनाउँदै आएको छ । आइतबारको कर दिवस आठौं राष्ट्रिय कर दिवस हो । यस दिवसमा सरकारले वर्षभर सबैभन्दा बढी कर तिर्ने विभिन्न व्यावसायिक क्षेत्रका १५ जना करदाता एवं प्रतिष्ठानहरूलाई सम्मान गर्नेछ ।

सोही अवसरमा सरकारले विभाग र मातहतमा कार्यरत उत्कृष्ट १० जना कर्मचारीलाई उनीहरूले गरेको कार्यसम्पादनको आधारमा पुरस्कृत गर्नेछ । यसैगरी, मुलुकभरका सबै जिल्ला एवं प्रदेशमा धेरै कर तिर्ने करदातालाई पनि सम्मान गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : ३९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको