‘घामड शेरे’ नचल्दा अनमोलतिर सोझिए हेमराज ! | Khabarhub Khabarhub

‘घामड शेरे’ नचल्दा अनमोलतिर सोझिए हेमराज !


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिकामा लिएर निर्माण गरिएको फिल्म ‘घामड शेरे’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । रिलिजको दुई दिनअघि २ चित्तबुझ्दो शो नपाएको भन्दै २ हप्ता पछि सरेको यो फिल्मले पछि मल्टिप्लेक्समा शो त पायो तर दर्शक पाउन सकेन ।

चलचित्र ‘ब्रेकअप’ बनाएर घाटा बेहोरेका हेमराज बिसीले फेरि व्यावसाियक हिसाबले असफल फिल्म दिए । उनले निर्देशन गरेको फिल्म ‘ग्याङस्टर ब्लूज’ पनि असफल भएको थियो ।

अनमोल केसीसँग मिलेर फिल्म बनाउँदा व्यावसायिक रुपमा सफल फिल्म दिएका हेमराज पछिल्लो समय भने सफल निर्देशक बन्न सकेनन् । जबकि, हेमराजलाई राम्रा निर्देशकका रुपमा हेर्ने गरिन्छ ।

हेमराजले नस्वीकारे पनि उनी प्रायः आफूले लेखेका कथा र स्किृप्टमै चिप्लिएका छन् । ‘घामड शेरे’ पनि स्किृप्ट कमजोर भएकै कारण असफल भएको चलचित्र थियो ।

यतिबेला भने चर्चा चलेको छ कि, हेमराजले अब अनमोल केसीलाई लिएरु फिल्म बनाउने निर्देशनमा छन् । लगातार फिल्म घाटामा गएर लगानी डुबाएका हेमराज अब अनमोललाई लिएर फिल्म बनाउने सोचमा छन् ।

स्रोतका अनुसार हेमराजले अनमोल केसीलाई फिल्मको वानलाइन कथा सुनाइसकेका छन् । कथा अनमोललाई मन पनि परेको छ ।

फिल्मलाई रोहित अधिकारीले लगानी गर्ने खबर छ । हेमराज आफैले लेख्ने यो फिल्ममा ‘गाजलु’ टिमको ‘प्याचअप’ हुने सम्भावना छ ।

यद्यपि हेमराजले भने यसबारेमा कुनै जानकारी दिएका छैनन् । निरन्तर असफल फिल्म दिइरहेका हेमराजका लागि रोहित र अनमोलसँगको ‘केमेष्ट्री’ ले असफल फिल्मको यात्रामा ब्रेक लगाउने सम्भावना चाहिँ छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : ४४ बजे

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार