फेसबुकले ल्यायो डिजिटल पेमेन्ट सेवा ‘फेसबुक पे’ « Khabarhub

फेसबुकले ल्यायो डिजिटल पेमेन्ट सेवा ‘फेसबुक पे’


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले पनि ई–पेमेन्ट सिस्टम ‘फेसबुक पे’ को सुरुवता गरेको छ । पछिल्लो समय डिजिटल पेमेन्टको बढ्दो बजारलाई मध्यनजर गर्दै फेसबुकले यो सेवा सुरु गरको हो ।

अमेरीकाबाट यसको सुरुवात भएको छ । अमेरिकामा म्यासेन्जर र फेसबुकमा ‘फेसबुक पे’ सुरु भएको जनाइएको छ । भने, विस्तारै यसलाई विश्व व्यापी बनाउने उल्लेख गरिएको छ ।

फेसबुकका अनुसार पहिलो चरणमा यो सेवा फेसबुक, म्यासेन्जरबाट सुरु गरिएको भएता पनि आगामी दिनमा इन्स्टाग्राम र ह्वाट्सएपमा पनि उपलब्ध हुनेछ । आफ्ना लोकप्रिय सामाजिक सञ्जाल तथा एपमार्फत भुक्तानी सुविधा दिने गरी फेसबुकले यो डिजाइन गरेको हो ।

यसमार्फत पैसा पठाउन तथा पाउन, किनमेल गर्न, गेमको पेमन्ट गर्न, कुनै कार्यक्रमको टिकट काट्न अथवा फण्ड राइजरहरुलाई सहयोग गर्न प्रयोग गर्न सकिने जनाइएको छ ।

फेसबुकका अनुसार यो सेवा फेसबुकको क्यालिब्रा वालेट र लीब्रा नेटवर्क भन्दा अलग हुनेछ । यो सेवा हाल फेसबुक तथा म्यासेन्जरेको सेटिङमा उपलब्ध छ । जसले धेरै जसो डेबिट तथा क्रेडिटकार्ड सपोर्ट गर्ने जनाइएको छ । फेसबुकको ई-पेमेन्टबाट पे–पाल अकाउण्टमा समेत पैसा पठाउन र पाउन सिकने जनाइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : २४ बजे

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल