बढी शुल्क लिने मेडिकल कलेज विद्यार्थीको रगत चुस्ने लामुखट्टे – प्रधानमन्त्री | Khabarhub Khabarhub

बढी शुल्क लिने मेडिकल कलेज विद्यार्थीको रगत चुस्ने लामुखट्टे – प्रधानमन्त्री


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बढी शुल्क लिने मेडिकल कलेज विद्यार्थीको रगत चुस्ने लामखुट्टे भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालकलाई लामखुट्टटेको संज्ञा दिएका हुन् ।

सरकारले कर लागत अनुसार मेडिकल शिक्षाको शुल्क विद्धि गरेपनि मेडिकल कलेजले विद्यार्थीसँग बढी शुल्क लिएको बताए ।

‘सरकारले कर लागतलाई हेरेर पहिलाको रकममा मृत्यवद्धि गरे पनि त्यो भन्दा बढी रकम असुलेको देखिएको छ,’ प्रधानमन्त्री ओलीले भने, मेडिकल कलेजहरुले लामुखट्टे बनेर विद्यार्थीको रगत चुस्ने भाडो बनाएका छन् ।’

प्रधानमन्त्री ओलीले कर लागत अनुसार यसै आर्थिक वर्षदेखि मेडिकल शिक्षाको शुल्क वृद्धि गरिएको पनि जानकारी दिए ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएर विद्यार्थीमाथि ठगी भएको भन्दै विद्यार्थीहरुले लामो समयदेखि आन्दोलन गरीरहेका थिए ।

विद्यार्थीको आन्दोलन पछि शिक्षा मन्त्रालयले मेडिकल कलेज सञ्चालकलाई सरकारले तोकेको भन्दा बढी शुल्क १५ दिनभित्र समायोजन वा फिर्ता गर्न अन्तिम निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेले कात्तिक २५ गते १५ दिनभित्र शुल्क फिर्ता गर्न अल्टिमेटम दिएका हुन् ।

उनले १५ दिनभित्र शुल्क फिर्ता वा समायोजन नगरेर ठगी मुद्धामा कारबाही प्रक्रिया चलाउने चेतावनी समेत दिएका थिए । शिक्षा मन्त्री पोखरेलले दिएको अन्तिम अल्टिमेटम मंसिर १० गते सकिने छ ।

तर मेडिकल कलेजले भने शुल्क फिर्ता गर्ने भनेपनि अझै शुल्क फिर्ता नगरेको ठगीमा परेका विद्यार्थीहरुले बताएका छन् ।

‘चितवन मेडिकल कलेजले पहिलो ब्याजमा बढी शुल्क लिएका विद्यार्थीको दोस्रो ब्याजमा शुल्क समायोजन गरेको छ, गण्डकी मेडिकल कलेजलमा पनि पहिलो र दोस्रो वर्षका विद्यार्थीको शुल्क समायोजन गरेको छ ।

युर्निभर्सल मेडिकल कलेजमा पनि वार्तामा पहिलो वर्षकोसमायोजनको सहमती भइसकेको छ,’ गण्डकी मेडिकल कलेजमा विद्यार्थी अनित सिंन्हाले खबरहबसँग भने, ‘तर सबै कलेजहरुमा एमबीबीएसको दोस्रो, तेस्रो र चौथो वर्षमा ठगीमा परेका विद्यार्थीको शुल्क फिर्ताको विषय भने अझै अड्किएको छ । अर्को वर्ष पनि पढ्नेहरुको शुल्कमा समायोजन भएपनि अब फिर्ता हुनुपर्ने विद्यार्थीको भने फिर्ता भएको छैन ।’

गृह मन्त्रालयले बढी शुल्क लिएर फिर्ता नगरेका मेडिकल कलेजलाई कारबाही प्रक्रिया अघि बढाउन पत्राचार समेत गरीसकेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ०२ बजे

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत