गर्भवती महिलाले घण्टौँ मोबाइल फोन चलाउनु खतरा, कारण थाहा पाउनुहोस् « Khabarhub

गर्भवती महिलाले घण्टौँ मोबाइल फोन चलाउनु खतरा, कारण थाहा पाउनुहोस्


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पछिल्लो समय सूचना–प्रविधिको विकाससँगै आएको स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ । जसका कारण हामी चाहेर पनि मोबाइललाई आफ्नो जीवनबाट टाढा राख्न नसक्ने अवस्थामा पुगेको छौँ ।

बालबच्चा, युवादेखि वृद्धवृद्धासम्मको हातमा मोबाइल फोन भएकै हुन्छ । धेरैजसो मानिसमा मोबाइल फोनको लत पनि बसेको हुन्छ । यस्ता व्यक्तिहरुको सूचीमा गर्भवती महिला पनि पर्छन् ।

तर, मोबाइल फोनको प्रयोगको नकारात्मक असर गर्भवती महिलाको शरीरमा मात्रै नभइ गर्भमा रहेको बच्चामा पनि पर्छ ।

मोबाइल फोन लामो समयसम्म प्रयोग गर्दा गर्भवती महिलालाई मात्रै असर पर्दैन । एक अध्ययनलाई मान्ने हो भने गर्भवती महिलाले लामो समयसम्म मोबाइल फोन प्रयोग गर्दा उनको पेटमा भएको बच्चाको आनीबानीसँग सम्बन्धित समस्याहरु आउन सक्नेछन् ।

डेनमार्कमा यस सम्बन्धमा गरिएको एक अध्ययनले प्रसव पूर्व तथा प्रसव पछाडि गर्भवती महिलाले मोबाइल फोन प्रयोग गर्दा बच्चाको व्यवहार र यससँग जोडिएका समस्याका बीच के सम्बन्ध छ भन्नेबारे बुझ्ने प्रयास गरिएको थियो ।

बढी सक्रिय तथा आनीबानीसम्बन्धीको सिकार

यो अध्ययन सात वर्षका बच्चा भएका आमाहरुमाथि गरिएको थियो । अध्ययनका दौरान उनीहरुको बच्चाको स्वास्थ्य तथा आनीबानीका साथै ती महिलाहरु स्वयम् गर्भवतीका बेला तथा बच्चा जन्माइसकेपछि कति लामो समयसम्म मोबाइल चलाउँथे भन्ने प्रश्न सोधिएको थियो ।

उनीहरुको उत्तरलाई विश्लेषण गर्दा अध्ययनले के देखायो भने गर्भवती भएका बेला तथा सुत्केरी भइसकेपछि लामो समयसम्म मोबाइल चलाउने महिलाको बच्चामा बढी क्रियाशिलता र आनीबानीसँग जोडिएका केही समस्याहरु देखा परेको थियो ।

गर्भवती महिलाले ध्यान दिनु पर्ने कुराहरु

– मोबाइल फोनमा लामो समयसम्म कुराकानी गर्नुको सट्टा टेक्स्ट म्यासेज पठाउनुहोस्, वा ल्याण्डलाइन फोनको प्रयोग गर्नुहोस् ।

– गर्भवती भएको समयमा सामाजिक सञ्जाल हेर्दा धेरै स्क्रोल गरेर नहेर्नुहोस् ।

– सम्भव भएसम्म मोबाइल फोनमा बोल्दा ह्याण्डस् फ्रि वा हेडफोन प्रयोग गर्नुहोस् । जसले गर्दा टाउँको तथा शरीर नजिक सकेसम्म विकिरणको प्रभाव कम परोस् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ५५ बजे

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र