गर्भवती महिलाले घण्टौँ मोबाइल फोन चलाउनु खतरा, कारण थाहा पाउनुहोस् | Khabarhub Khabarhub

गर्भवती महिलाले घण्टौँ मोबाइल फोन चलाउनु खतरा, कारण थाहा पाउनुहोस्


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पछिल्लो समय सूचना–प्रविधिको विकाससँगै आएको स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ । जसका कारण हामी चाहेर पनि मोबाइललाई आफ्नो जीवनबाट टाढा राख्न नसक्ने अवस्थामा पुगेको छौँ ।

बालबच्चा, युवादेखि वृद्धवृद्धासम्मको हातमा मोबाइल फोन भएकै हुन्छ । धेरैजसो मानिसमा मोबाइल फोनको लत पनि बसेको हुन्छ । यस्ता व्यक्तिहरुको सूचीमा गर्भवती महिला पनि पर्छन् ।

तर, मोबाइल फोनको प्रयोगको नकारात्मक असर गर्भवती महिलाको शरीरमा मात्रै नभइ गर्भमा रहेको बच्चामा पनि पर्छ ।

मोबाइल फोन लामो समयसम्म प्रयोग गर्दा गर्भवती महिलालाई मात्रै असर पर्दैन । एक अध्ययनलाई मान्ने हो भने गर्भवती महिलाले लामो समयसम्म मोबाइल फोन प्रयोग गर्दा उनको पेटमा भएको बच्चाको आनीबानीसँग सम्बन्धित समस्याहरु आउन सक्नेछन् ।

डेनमार्कमा यस सम्बन्धमा गरिएको एक अध्ययनले प्रसव पूर्व तथा प्रसव पछाडि गर्भवती महिलाले मोबाइल फोन प्रयोग गर्दा बच्चाको व्यवहार र यससँग जोडिएका समस्याका बीच के सम्बन्ध छ भन्नेबारे बुझ्ने प्रयास गरिएको थियो ।

बढी सक्रिय तथा आनीबानीसम्बन्धीको सिकार

यो अध्ययन सात वर्षका बच्चा भएका आमाहरुमाथि गरिएको थियो । अध्ययनका दौरान उनीहरुको बच्चाको स्वास्थ्य तथा आनीबानीका साथै ती महिलाहरु स्वयम् गर्भवतीका बेला तथा बच्चा जन्माइसकेपछि कति लामो समयसम्म मोबाइल चलाउँथे भन्ने प्रश्न सोधिएको थियो ।

उनीहरुको उत्तरलाई विश्लेषण गर्दा अध्ययनले के देखायो भने गर्भवती भएका बेला तथा सुत्केरी भइसकेपछि लामो समयसम्म मोबाइल चलाउने महिलाको बच्चामा बढी क्रियाशिलता र आनीबानीसँग जोडिएका केही समस्याहरु देखा परेको थियो ।

गर्भवती महिलाले ध्यान दिनु पर्ने कुराहरु

– मोबाइल फोनमा लामो समयसम्म कुराकानी गर्नुको सट्टा टेक्स्ट म्यासेज पठाउनुहोस्, वा ल्याण्डलाइन फोनको प्रयोग गर्नुहोस् ।

– गर्भवती भएको समयमा सामाजिक सञ्जाल हेर्दा धेरै स्क्रोल गरेर नहेर्नुहोस् ।

– सम्भव भएसम्म मोबाइल फोनमा बोल्दा ह्याण्डस् फ्रि वा हेडफोन प्रयोग गर्नुहोस् । जसले गर्दा टाउँको तथा शरीर नजिक सकेसम्म विकिरणको प्रभाव कम परोस् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ५५ बजे

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर– सूर्यविनायक नगरपालिका-६ बस्ने नारायण कृष्ण तोयानाको घरमा विद्युत् सर्ट भई आइतबार

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा

पोखरीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु

सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई